News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

लगातार उकालो लागिरहेको सुनको मूल्य आज घट्यो,

काठमाडौँ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँ घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदी आज तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।