काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित हुने भएपछि प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ। आज मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने तयारी थियो।
तर एमालेले आज बन्द रहेकोले आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराएको थियो। सभामुखले बुधबार बिहान ११:३० बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्। यससँगै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन्।