News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

मुस्ताङमा हिउँ पहिरो, केही मानिस घाइते

पोखरा । मुस्ताङमा हिउँ पहिरो गएको छ। सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा हिउँ पहिरो गएको हो। आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको हो।

‘धौलागिरिकै रेन्जबाट हिउँ पहिरो आएको छ। पिकबाट हिउँ पग्लेर खसेको हो। भाग्दा लडेर केही मानिस घाइते छन्,’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘प्रहरी घटनास्थल पुगिसकेको छ।’

पाँच/छ जना सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि जोमसोम लैजाने तयारी छ। हिउँ पहिरो आएको देखेपछि भाग्दा लडेर उनीहरू घाइते भएका हुन्। ‘मानविय क्षति छैन। भाग्दा थौरै मानिस घाइते छन्। खुट्टा मर्कनेजस्ता समस्या देखिएका छन्,’ उनले भने, ‘हामी घटनास्थल नजिकै पुगिसकेका छौं।’

उनकाअनुसार हिउँ पहिरो गएको क्षेत्र चरन क्षेत्र हो। यहाँ चौरीलगायत केही हिउँ पहिरोमा परेको हुनसक्ने अनुमान छ। हिउँ पहिरोले जोखिम नै हुने अवस्था अहिले नदेखिएको उनले बताए। हिउँ पहिरो आएको क्षेत्रमा नजान सूचना गरिएको र घटना स्थलमा प्रहरी खटाइएको उनले बताए।