News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

बाघको आक्रमणमा थारुको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–४ मा बाघको आक्रमणमा परी एकको मृत्यु भएको छ ।

पालिकाको राजीपुर गाउँका चौकीदार समेत रहेका ६८ वर्षीय लहानु थारुको शनिबार साँझ आवादी जग्गामा चरिचरणका लागी छोडिएका गोरु फर्काउने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा योसमेत छ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया