
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १२ कात्तिक । मादक पदार्थ सेवनका क्रममा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा कास्कीमा आफ्नै साथीको निर्मम हत्या भएको छ। चाडपर्वका बेला भएको घरायसी र मदिराजन्य विवादलाई प्रतिशोधको रूपमा लिँदै २५ वर्षीय राजेन्द्र पौडेलमाथि अन्धाधुन्ध आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस गम्भीर घटनाको पर्दाफास गरेको हो। प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लीलबहादुर पुन रहेका छन्। उनीहरूले सोही ठाउँका २२ वर्षीय राजेन्द्र पौडेलको ज्यान लिएको खुलासा भएको छ।
कसरी बाहिरियो घटना?
गत कात्तिक ९ गते बिहान करिब ८ः२० बजेको समयमा राजेन्द्र पौडेल आफ्नै घरदेखि करिब ५० मिटर पूर्वतिरको बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाबाट सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले पौडेलको शरीरभरि निलडाम र गम्भीर घाउचोटहरू भेट्टाएपछि घटनालाई रहस्यमय रूपमा लिँदै सूक्ष्म अनुसन्धान अगाडि बढाएको थियो। सोही अनुसन्धानको आधारमा हत्यामा प्रत्यक्ष्लग्न यी पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।
घटनाको नालीबेलीः मोबाइल विवाददेखि कुलत (रक्सी)को परिणाम
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो हत्या कुनै पूर्वयोजना वा आपराधिक षड्यन्त्रअन्तर्गत नभई तात्कालिक आवेश र मदिराको कुलतको परिणाम रहेको खुलेको छ। मृतक र पक्राउ परेका सबै आरोपितहरू एउटै टोलका चिरपरिचित साथीहरू हुन्, जो प्रायः सँगै उठबस र खानपिन गर्थे।
तर, कात्तिक ८ गते साँझदेखि घटेका शृङ्खलाबद्ध घटनाले यसलाई कहाली लाग्दो अपराधमा परिणत गर्यो। साँझ पौडेलकहाँ दिदी र भिनाजु आएका बेला उनले आफ्नो हराएको मोबाइल भिनाजु विष्णुप्रसाद गौतमसँग मागेका थिए। भिनाजुले मोबाइल दिन अस्वीकार गरेपछि आवेशमा आएका पौडेलले भिनाजुको मोबाइल नै फुटाइदिएका थिए।
त्यसको केही समयपछि साथीहरूसँग भेट हुँदा पौडेलले ‘चाडपर्व पनि हो, आज त बियर र रक्सी खानैपर्छ’ भन्दै उनीहरूलाई मदिरा सेवन गर्न जम्मा गरेका थिए। लीलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विकसँग बसेर रक्सी पिउने क्रममा उनीहरूबीच एकाएक विवाद सुरु भयो। पौडेलले रिसाएर लीलबहादुर पुनको मौरीको घारमा लात हानेपछि विवादले हिंसक रूप लियो। सोही झडपका क्रममा पौडेलले प्रहार गरेको हँसियाले लागी मिलन विकको घाँटीमा र आशिष गुरुङको खुट्टामा चोट लाग्यो।
प्रतिशोधको रात र निर्मम आक्रमण
झडपपछि उनीहरू आ-आफ्नो घरतिर लागे पनि मनमा प्रतिशोधको आगो दन्किएकै थियो। ‘हामीलाई घाँटी र खुट्टामा हँसिया हान्नेलाई अब त्यसै छोड्नु हुँदैन, कुटपिट गर्नुपर्छ’ भन्दै उनीहरूले योजना बनाए। सोही योजनाअनुसार राति ११ः५९ बजे आशिष गुरुङले विक्रम पुन र लीलबहादुर पुनलाई फोन गरेर बोलाई सबैलाई एकजुट बनाए।
मिलन विक, महादेव विक, आशिष गुरुङ, विक्रम पुन र लीलबहादुर पुनसमेत पाँचै जना मिलेर राति नै राजेन्द्र पौडेलको घरमा धावा बोले। उनीहरूले पौडेललाई भाटा, मुक्का र लात्तीले अन्धाधुन्ध प्रहार गर्दै मरणासन्न बनाए। कुटपिटबाट गम्भीर घाइते भई अचेत प्रायः बनेका पौडेललाई उनीहरूले घिसार्दै घर नजिकैको बारीको पाटामा लगेर छोडिदिए, जहाँ उपचार नपाएर उनको मृत्यु भयो।
साथीभाइबीचको सामान्य झगडा र मदिराको मातले निम्त्याएको यो जघन्य अपराधका विषयमा कास्की प्रहरीले थप अनुसन्धान तीव्र बनाएको छ।