
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
बैतडी । कोभिड-१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।” उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरमै पाइने जडीबुटी निकै लाभदायक रहेका छन् ।”
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको छ । बाथरोग, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको दशरथचन्द नगरपालिका–१ का रामदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बाथरोग, पायल्स लगायतका रोगको उपचारका लागि आयुर्वेदिक उपचार पद्धति लाभदायक रहेको छ ।” जिल्लाको मेलौलीका साथै दशरथचन्द नगरपालिका–१ मुस्याचोर र दशरथचन्द नगरपालिका–४ शाहीलेकमा पनि आयुर्वेद औषधालय रहेका छन् । ती ठाउँबाट पनि विभिन्न रोगहरुको उपचार हुने गरेको छ ।
बैतडीको मेलौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सक विहीन रहेको केन्द्रका सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । आयुर्वेद चिकित्सक नहुँदा क्षार सुत्र कर्म, पायल्सको उपचारलगायत सेवाहरु प्रभावित भएको छ । उहाँले भन्नुभयो, “ चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्दैनन् । यसले सेवाग्राहीलाई मार परेको छ ।”
केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा ति सेवालाई प्रभावकारी बनाउन सकेको छैन । उहाँले भन्नुभयो, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ । चिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन ।” तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएको स्थानीय केशवसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभया,े “आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ । तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवा पाइरहेका छैनौँ ।” रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति