
१एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
२बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
३श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
४पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
५जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
८संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
९‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
१०लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
११बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
१२आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
काठमाडौं । बेमौसमी झरीका कारण देशको विभिन्न भागमा आएको बाढी-पहिरोले एकैदिन १५ जनाले ज्यान गुमाउनु परेको छ । चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् ।
पछिल्लो दुई दिनदेखि देशभर पानी परेको छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।
यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।
केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै बैतडीको शिवनाथ गाउँपालिका-६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उनको तीन वर्षीया नाती सोम पार्की छन् ।
अविरल वर्षासँगै मंगलबार दिउँसो पौने २ बजे पहिरोले सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ
कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो तर विष्णुको मृत्यु भएको छ । सरिताको भने डडेलधुरा अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
बझाङमा चार परिवार सम्पर्कविहीन
बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएको छ । थलारा गाउँपालिका-४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका सदस्य सम्पर्कविहीन भएको स्थानीय शिक्षक मदन साउदले बताए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, बझाङले भने घटनाबारे पुष्टि गरेको छैन । गाउँपालिकाका प्रशासकीय अधिकृत पदमबहादुर ओलीले भने, ‘गाउँमा अहिले टेलिफोन सम्पर्कविच्छेद भएको छ, एनसेलमा मात्रै बेलाबेला सम्पर्क हुन्छ ।’
बझाङ सदरमुकाममा रहेका सञ्चारकर्मी मकरराज धामीका अनुसार वर्षाका कारण पहिरो गएको भनिएको क्षेत्रमा जान सम्भव छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी पुरुषोत्तम कँडेलले पनि घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।
महाकालीमा फसेका ५ जनाको उद्धार
कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको मंगलबार साँझ हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको जाकारी दिए । उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक बाढीबाट बच्न रुखमा चढेर बसेका थिए ।
कैलालीको ठूलीगाडमा आएको बाढीमा दम्पती फसेका छन् । डोटी र कैलालीको सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका-४ को खिमडीमा दम्पती फसेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए । उनीहरुको उद्दारका लागि हेलिकप्टर धनगढी पुगेपनि प्रतिकुल मौसमका कारण सम्भव भएन ।
यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ । टीकापुर नगरपालिका-५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
चार राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्ऽले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी-मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ ।
म्याग्दीको बेनी गाउँपालिका-४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा मंगलबारदेखि राजमार्ग अवरुद्ध भएको केन्ऽले जनाएको छ । यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका-५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो ।
यस्तै डोटीको जोरायल गाउँपालिका-१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यस्तै अछामको चौपाटी गाउँपालिका-६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ । बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका-१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
उद्धार र रातहमा खटिने गृहमन्त्रीको निर्देशन
गृह मन्त्रालयले तीन दिनदेखि परेको अविरल वर्षाका कारण १९ जिल्ला प्रभावित बनेको बताएको छ । वर्षाका कारण कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्ला प्रभावित बनेको मन्त्रालयले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय तह लगायतको सहयोगमा करिब ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएका कारण उद्दारमा कठिनाइ भएको मन्त्रालयले बताएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावित नागरिकको उद्धारका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको बैठकले राहत तथा उद्धारका लागि अन्य आवश्यक सामग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
बेमौसी झरी हुनुको कारण के हो ?
देशको अधिकांश भूभागमा मंगलबार सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को केही स्थानमा भने भारी वर्ष भएको महाशाखाले जनाएको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्युन चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा बेमौसमी झरी भएको हो । यही प्रभावका कारण मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा केही स्थानहरुमा हलकादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानहरु, बागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । उनका अनुसार प्रदेश १ तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा