
१कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
२स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
३१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
४प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
५गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
६जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
७गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
८केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
९सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
१०तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
११ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१२एमालेका महेश बस्नेतको लज्जास्पद हार
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ ।
सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र अन्य कर्मचारीहरुहरुले देशका अन्य सरकारी अस्पतालभन्दा राम्रो सेवा सुविधा पाइरहेका छन् । तर, अस्पतालका धेरैजसो चिकित्सकहरु भने प्राय ३ बजेपछि अस्पतालमा भेटिदैनन । सिभिल अस्पतालको तलव र भत्ता खाने तर अरु निजी अस्पताल, क्लिनिकतिर विरामी जाँचिरहेको भेटिने गरेको सेवाग्राहीहरु बताउँछन् ।
सिभिल अस्पतालमा विरामी चाप भएका कारण कुपन सिस्टम लागु गरिएको छ । अस्पतालको बहिरंग (ओपिडी) सेवा लिने सेवाग्राहीले बिहानै अस्पतालमा पुगेर लाइन लाग्नुपर्छ । सेवाग्राहीले बिहानपख लिएको कुपनका आधारमा १० बजेपछि टिकट काट्नुपर्दछ । कुपन सिस्टम भएका कारण यहाँ टाढाबाट आउने विरामीहरुले ओपीडी सेवा लिन पनि मुस्किल छ । उपत्यका बाहिरबाट आउने सेवाग्राहीले अघिल्लो दिन नै अस्पताल नजिकै कतै बसोबास गर्ने र भोलिपल्ट बिहानै कुपन लिएर उपचार गराउने गरेका छन् ।
आइतबार अस्पताल परिसरमा भेटिएका सप्तरीको कञ्चनपुर घर भएका ४५ वर्षीय विदुर चौधरीले तीन दिन धाएपछि मात्र आफूले टिकट पाएको बताए । आफ्नी श्रीमतीको पाठ्यघर सम्बन्धी उपचारका लागि सिभिल अस्पताल पुगेका विदुर बुधवार काठमाडौं आइपुगेका हुन् । बुधवार श्रीमतीलाई लिएर १० वजे अस्पताल पुग्दा टिकट नै नपाएको उनी बताउँछन् । बहिरंग सेवाका लागि टिकट लिन बिहानै कुपन लिनुपर्ने अनिवार्य रहेछ भन्ने कुरा उनले धेरै सोधपुछ गरेपछि मात्र थाहा पाए । टिकट नपाएपछि उनी त्यो दिनको वास बस्नका लागि बल्खुको तरकारी बजारमा काम गर्ने आफन्तको कोठातिर लागे ।
भोलिपल्ट बिहान उनी कुपन लिन सिभिल अस्पताल पुगे । बल्खुबाट उनी मिनभवन आइपुग्दा ७ बजिसकेको थियो । कुपन लिनेको लामो लाइन थियो, उनी पनि त्यही लाइनमै उभिए । जब उनको पालो आयो, कुपन दिने ठाउँमा उनलाई गाइनोको कुपन सकिएको जानकारी गराइयो । उनले आफू सप्तरीबाट आएको र अघिल्लो दिन पनि अस्पताल पुगेको जानकारी गराए । तर, उनलाई कुपन दिइएन ।
प्रत्येक दिन कतिलाई जाँच्ने भनेर चित्सिकहरुले संख्या तोकि दिएकोले आफूहरुले केही गर्न नसक्ने कुपन बाँड्नेले बताए । बरु, कुपन लिन अलि बिहानै आउनुपर्ने भनेर भनियो । बिहीबार पनि उनी निरास भएर बल्खु फर्के । राजधानीमा नै बस्ने गाउँकै एकजनाले सिभिल अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेकाले आफू यहाँ आएको उनले सुनाए । तर, निकै ठूलो हैरानी खेपेको भन्दै उनले दुःख व्यक्त गरे ।
सिभिल अस्पतालमा चिकित्सकहरुले ड्यूटी छोडेर धेरै विदामा बस्ने गरेको गुनासो यहाँका प्रशासनिक कर्मचारीहरुबाट समेत सुनिन्छ । चिकित्सकहरु विहानको सिफ्टमा ओपीडीमा कम विरामी लिएर बस्ने गरेको र दिउसो सिफ्टमा अस्पताल नै छाडेर निस्किने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार यहाँका केही चिकित्सकहरु हप्तामा ४ दिन मात्र ओपिडीमा बस्ने गरेका छन् । बाँकी २ दिन कहिले विदा लिने, कहिले सर्जरी हुने भएकोले ओपिडीमा पालोमा बस्न नमान्ने गरेको गुनासो प्रशासनको छ ।
यहाँका चिकित्सकहरुले अस्पतालको तलब र भत्ता सकेसम्म बढी लिएर निजी क्लिनिकमा काम गर्नतिर बढी ध्यान दिन थालेको स्रोतको दावी छ । तर, सिभिलमा काम गर्ने चिकित्सकहरुका लागि देशका अन्य सरकारी अस्पतालभन्दा धेरै बढी भत्ता दिने गरिएको छ । यहाँका चिकित्सकहरुले बिहानको सिफ्टमा मात्र कम गरे पनि ३ सिफ्टको तलब भत्ता लिने गरेको बुझिन्छ ।
सिभिल प्रशासन स्रोतका अनुसार अहिले यहाँका चिकित्सकहरुलाई अन्य अस्पतालभन्दा राम्रो तलव र तलबको ७५ प्रतिशत बढी भत्ता दिने व्यवस्था गरिएको छ । यसका साथै अन्य सुविधा पनि चिकित्सकहरुलाई दिने गरिएको छ । तर, चिकित्सकहरुले पूरा समय ड्यूटीमा नबसेर अन्यत्र काम गर्नेतिर ध्यान दिने गरेपछि अस्पतालमा यस विषयमा कुरा उठेको छ ।
नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहने तथा अस्पतालका कार्यकारी निर्देशक सदस्य सचिव रहेको बोर्डले अस्पताल सञ्चालन गर्ने गरेको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद