
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
तुलसीपुर । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताउनुभयो । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं”, उहाँले भन्नुभयो ।
बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताउनुभयो । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उहाँको भनाइ छ । “अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा सङ्कटमा छ ।” घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उहाँको भनाइ छ ।
माछा मार्ने पेशा पनि धरापमा:
वादी समुदायको अर्को पेशा भनेको माछा मार्ने पेशा पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गुर्नुभयो । “मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ”, उहाँले भन्नुभयो, “तर , अहिले यो पेशा पनि धरापमा छ ।” नदी तथा खोलाहरुमा करेन्ट लगाएर, वीष हालेर सबै माछा मार्ने क्रम बढेपछि आफुहरुको यो पेशा पनि सङ्कटमा परेको उहाँको भनाइ छ । जाल, बल्छिको प्रयोग गरेर माछा मार्ने गरेको भएपनि बजारबाट आएर करेन्ट आदि प्रयोग गरेर माछा मार्दा समस्या हुने गरेको छ ।
पाँच वर्ष पहिले दैनिक पाँच किलो बढी माछा मार्ने गरेका वादी समुदायले अहिले एक किलो माछा मार्न पनि धौ–धौ पर्ने गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नयाँबस्तिका धनराज वादीले गुनासो गर्नुभयो । मादल बनाउने र माछा मारेर दुवै पेशा धराममा परेपछि अहिले वादी समुदायलाई दैनिकी चलाउन समस्या हुने गरेको छ । “बिगतमा माछा मारेर, मादल बनाएर दैनिकी चलाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर, पछिल्लो समय यी दुवै पेशाबाट दैनिकी चलाउन सक्ने अवस्था छैन् ।” यस्तो अवस्थामा सरकारले यो समुदायको रोजगारीको व्यवस्थापन गर्न तर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दाङमा चार हजार बढी वादी समुदायको बसोबास छ ।रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार