
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
बेनी। म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो ।
धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन् । सरकारले भदौ दोस्रो सातादेखि हिमाल आरोहण खुलाएसँगै धौलागिरिको आरोहण र भ्रमण गर्न बाह्य तथा आन्तरिक पर्यटक आउन थालेका छन् ।
“अधिकांश आरोही, पर्यटक, पथपर्दशक, भरियालगायत हेलिकोप्टरमार्फत आधार शिविर पुग्न थालेका छन्”, धौलागिरि–४ बगरका सुकबहादुर सुनारले भने, “यस याममा ६ शेर्पा मात्र पदमार्ग हुँदै आधार शिविर गएका छन् ।” हेलिकोप्टरको प्रयोग गरी झण्डै ८० जना आधार शिविर पुगेका उनले जानकारी दिए । केही पर्यटक मुस्ताङको मार्फा हुँदै आधार शिविर पुगेका छन् ।
अघिल्ला वर्षहरुमा एउटा याममा दुई पटकसम्म खच्चडबाट सामान ढुवानी गरी आधार शिविर पुर्याउने गरिन्थ्यो । यस पटक भने पदमार्ग हुँदै पर्यटकको आगमन भएको छैन । केही वर्षयता धौलागिरि जाने पर्यटकले हेलिकोप्टरको प्रयोग बढी गर्न थालेका छन् । काठमाडौँबाट विभिन्न सवारीसाधन प्रयोग गरी धौलागिरि–७ ताकम र त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुग्ने क्रम बढेको छ । पदमार्ग सुनसान बन्दा स्थानीय होटल व्यवसायी र खच्चड व्यवसायी मारमा परेका छन् ।
आधार शिविरमा पर्यटकको बाक्लो उपस्थिति हुँदा पदमार्गअन्तर्गतका दोभान र इटाली क्याम्पका होटल पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा पर्यटक महँगो शुल्क तिरेरै हेलिकोप्टरमा गन्तव्यतर्फ लाग्ने गरेका छन् । पछिल्लो समय पदमार्गमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ ।
अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । यस याममा आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् । ‘सेभेन समिट ट्रेक्स’बाट आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ ।
‘पाइनर एडभेन्चर’ र ‘हिमालयन गाईड’मार्फत पनि पर्वतारोही आधार शिविरमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाई भारी वर्षा र ७२ घण्टे पीसीआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोही म्याग्दीबाट हेलिकोप्टरमा आधार शिविर पुगेको बताउँछन् । उनीहरु विभिन्न सवारी साधनमा धौलागिरि–७ ताकम र मङ्गला गाउँपालिकाको बाबियाचौर हुँदै त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुगेका हुन् । “हाम्रो व्यवस्थापनमा यस याममा २६ विदेशी र २१ नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन्”, उनले भने ।
धौलागिरिको पहिलो आरोहणको तयारीमा रहेकी पत्रकार पूर्णिमा श्रेष्ठले आफू मार्फा हुँदै पदमार्ग भएर आधार शिविरतर्फ प्रस्थान गरेको जानकारी दिइन् । उनले गत वर्ष वैशाखमा नेपाली महिलाको तर्फबाट पहिलोपटक धौलागिरिको सफल आरोहण गर्ने प्रयास गरेकी थिइन् । “त्यो बेला आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएपछि आरोहण स्थगित गर्यौँ”, उनले भनिन् । यस पटक तीन महिला पुनः आरोहणका लागि आधार शिविर गएका छन् । पदमार्ग पहिरोका कारण जोखिमपूर्ण रहेको श्रेष्ठले बताइन् ।
दुई कीर्तिमानको प्रयास गरिँदै
यस पटक धौलागिरिमा दुई कीर्तिमानका लागि प्रयास गरिँदै छ । नेपाली महिला टोली पहिलो पटक धौलागिरि आरोहणको कीर्तिमानको तयारीमा छ । पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र माया शेर्पा आरोहणको तयारीमा छन् । उक्त टोलीले अघिल्लो याममा अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहण गरेको थियो । नेपाली महिलाले अहिलेसम्म धौलागिरिको आरोहण गर्न सकेका छैनन् ।
यस्तै सबैभन्दा बढी उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउने प्रयास समेत यस पटक गरिँदै छ । स्पेनका ८२ वर्षीय कार्लोस सोरिया सो कीर्तिमान बनाउने प्रयास गर्दै छन् । उनी सेभेन समिटको व्यवस्थापनमा धौलागिरि आरोहणका लागि आधार शिविर पुगिसकेका छन् । धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन् ।
गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गरेका थिए । कार्लोसले आफ्नो ६० देखि ८२ वर्षको उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजङ्गा, अन्नपूर्णसमेत आठ हजार मिटर अग्ला १२ हिमालको अरोहण गरिसकेका छन् । कीर्तिमानको प्रयासमा रहेका दुवै टोलीले यही असोज २९ गतेसम्ममा धौलागिरि आरोहण गरीसक्ने योजना बनाएको छ । रासस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष