
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
दमौली । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् ।
चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै होटल व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन् ।”
यतिबेला छिटपुट रुपमा आन्तरिक पर्यटक बन्दीपुर भ्रमणका लागि आइरहेको र छुट प्याकेजले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । अध्यक्ष प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् । “सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन् । पर्यटकलाई सुरक्षित रुपमा स्वागत तथा विदाईको अभियान चलाएका छौं”, उहाँले भन्नुभयो, “छुटको प्याकेजले आन्तरिक पर्यटक आकर्षित हुनेमा हामी विश्वस्त छौ ।”
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले पर्यटकको चहलपहल नहुँदा बन्दीपुर ठप्पप्राय भएको अवस्थामा छुट प्याकेजले केही राहत दिने बताउनुभयो । “होटल व्यवसायीले कर्मचारी कटौती गरेका छन्, व्यवसाय धारासायी हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो ।
होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटकलाई स्वागत गर्न यहाँका व्यवसायी तयार रहेको बताउनुभयो । “स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर होटल सञ्चालनमा ल्याएका छौं, यसका साथै छुट प्याकेज समेत समावेश गरिएको छ”, उहाँले भन्नुभयो । विदेशी पर्यटकले लामो समय बन्दाबन्दी भएपछि पहिल्यै बुकिङ रद्द गरिसकेको र आफूहरुलाई आन्तरिक पर्यटककै आश रहेको गुरुङको भनाइ छ ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छन् ।
बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरीलगायत हिमश्रृङ्खला सजिलै अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार