
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
म्याग्दी, २२ भदौ (रासस) :
बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । गणेशटोल सुधार समितिका संयोजक ठाकुरप्रसाद शर्माले पहिराको फेदीमा रहेको बजारमा बाढी आउने खतरा रहेको बताउनुभयो ।
“करिब ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ क्षेत्रफल भएको पाखो चिराचिरा परेर बग्न तयार भएर बसेको छ”, उहाँले भन्नुभयो, “यो पहिराले चारवटा टोल र म्याग्दी बहुमुखी क्याम्पस जोखिममा परेको छ ।” करिब ३०० घर पहिरो र बाढीको जोखिममा रहेका शर्माले बताउनुभयो ।
क्याम्पसचोकबाट करिब ८०० मिटरमाथिको पाखोमा दुईवटा पहिरो छन् । पहिराको फेदीदेखि क्याम्पसचोक हँुदै कालीपुलको मोटरेबल पुलसम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको छ । पहिराले साबिकको ठाउँभन्दा करिब तीन मिटर तल जमिन लच्किएको क्याम्पसचोकका बासिन्दा यामबहादुर बानियाँले बताउनुभयो ।
बलौटे माटो भएको पाखोमा सल्लाको रुखको जङ्गल छ । “जमिन धाँजा फाटेर डेढ सयभन्दा बढी सल्लाका रुख ढलेका छन्”, बानियाँले भन्नुभयो, “पहिरो गएको छेउछाउमा टेक्दा जमिन खुट्टा गाडिन्छ । ठूलो वर्षात् हुँदा ढलेका रुख, ढुङ्गा र माटोसहित बाढीले क्याम्पसचोकमा क्षति पुग्ने जोखिम छ ।”
पहिरोका कारण सामान्य वर्षात् हुँदासमेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । गत असारमा यो ठाउँमा सुरु भएको पहिरो चल्न अझै रोकिएको छैन । क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको छ । तर सो नालीको क्षमताभन्दा ठूलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि क्याम्पसचोकवासी चिन्तित भएका स्थानीय रेमबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने आँपको रुखदेखि सार्कीटोल जोड्ने सडकका कारण पहिरो सिर्जना भएको बताउनुभयो ।
सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिराले ठूलो रूप लिन थालेको विश्वकर्माको भनाइ छ । सल्लाको जङ्गलको बीचमा खनिएको सडकको तल र माथि दुवैतर्फ पहिराले जमिन भासिएको छ । क्याम्पसचोकका बासिन्दासमेत रहनुभएका बेनी नगर कार्यपालिकाको सदस्य कृष्णकुमार विश्वकर्माले जोखिमयुक्त ठाउँको स्थलगत निरीक्षण गरेर थप क्षति हुन नदिन र पहिरो नियन्त्रण गर्न पहल गर्ने बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई