
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
अच्युत रेग्मी
काठमाडौँ, १५ भदौ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ ।
पार्टीको विधानअनुसार चार वर्षमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि संविधानअनुसार पाँच वर्ष छ महिनापछि हुन लागेको महाधिवेशनमा भाग लिन उपत्यका छोडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको हो । राजधानीमा विभिन्न पेसा व्यवसाय गरेर बसेका व्यक्ति पार्टीको लामो समयपछि हुन लागेको महाधिवेशनमा भाग लिन गाउँ हिँडेका हुन् ।
विसं २००३ मा स्थापना भएको कांग्रेसले विभिन्न आरोह अवरोह पार गर्दै भदौ १८ देखि १४ औँ महाधिवेशनका लागि वडा अधिवेशन गर्न लागेको छ । विसं २००३ को मजदुर आन्दोलन, २००७ सालको प्रजातन्त्र स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र स्थापना, २०६२÷०६३ को जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको महाधिवेशनलाई देश तथा विदेशमा महत्वका साथ हेरिएको छ ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको विसं २०७२ फागुनमा पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी कांग्रेसको वडा, पालिका हुँदै जिल्ला अधिवेशनमा भाग लिनका लागि एक हप्ता पहिल्यै गोरखा पुगिसक्नुभएको छ ।
“वडादेखि पालिका हुँदै जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व तथा प्रतिनिधि चयनका गर्नुपर्छ भन्ने मान्यताका साथ म अहिले गाउँगाउँमा हिँडेको छु”, उहाँले भन्नुभयो । नेतृत्व छनोटका विषयलाई जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने भएकाले सर्वसम्मत नेतृत्व निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै, नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री दीपक खड्का पनि अधिवेशन नजिकिएसँगै गृहजिल्ला पुग्नुभएको छ । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्दै कांग्रेस सङ्गठनलाई थप मजबुद बनाउनका लागि आफू सङ्खुवासभा आएको उहाँले बताउनुभयो । नेपाली कांग्रेस धादिङका क्रियाशील सदस्य क्रिसमान तामाङ पनि वडा अधिवेशन नजिकिएसँगै धादिङ जानुभएको छ । धादिङको उत्तरी क्षेत्र रुवीभ्यालीका तामाङ आफ्नो गाउँ मोटरबाटोबाट धेरै हिँड्नुपर्ने भएकाले आज नै गाउँ जानुभएको हो । “बर्सातको समय आवतजावतमा समस्या हुन सक्छ, त्यसैले दुईदिन पहिले नै म गाउँ जान लागेको हो”, उहाँले भन्नुभयो ।
यसरी १४ औँ महाधिवेशनका लागि नेता तथा कार्यकर्ता जिल्ला र गाउँमा जान थालेपछि गाउँगाउँमा राजनीतिक माहोल निर्माण भएको छ । पटकपटक निर्वाचनको मिति तोकिँदै स्थगित हुँदै आएको कांग्रेसले यही भदौ १८ गतेदेखि देशभर वडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशन सम्पन्न गर्न लागेको छ । कांग्रेसले यही भदौ २७ मा गाउँ तथा नगर अधिवेशन, आगामी असोज १ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, असोज ५ गते सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै, आगामी कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन र मङ्सिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि ५३ जिल्लाको क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक गरिसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले क्रियाशील सदस्यता विवाद टुङ्गो लागेका जिल्लामा वडादेखि जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिनुभयो । बाँकी जिल्लाको अधिवेशनका लागि पनि चाँडो क्रियाशील सदस्यता सार्वजनिक गरेर निर्वाचन अधिकृत खटाउने घिमिरेको भनाइ छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा