
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
सन्तोष गौतम
म्याग्दी, १३ भदौ । कार्यतालिकाअनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २०७८ साउन २४ गते सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७६ माघ १७ गते रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा फेवा–बिएम जेभीले ठेक्का लिएको २५ मिटर लामो पुलको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ ।
परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि सुरु भएको एक पिलर ठडिएको पुल निर्माण बाढी आएपछि गत असार महिनादेखि रोकिएको छ । निर्माण व्यवसायी विमलेश आचार्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको बताउनुभयो ।
“परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको रहेछ”, उहाँले भन्नुभयो, “सोही डिपिआरका आधारमा भएको ठेक्काअनुसार काम गर्न नसकेपछि संशोधन गर्दा एक वर्ष ढिलाइ भएको हो ।” घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्कविच्छेद हुन्छ ।
बेनी–दरबाङ सडकअन्तर्गत दुखुखोलामा २२ मिटर लामो मोटरेबल पुल निर्माण गर्न नौ वर्ष लाग्यो । तत्कालीन जिविसअन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम ९ड्रिलीप०मार्फत २०६७ मा सुरु भएको सो पुलको ढाँचा असफल बनेको थियो ।
पुरानो ठेक्का रद्द गरेर पुनःसर्वेक्षण गराई २०७३ मा अर्को ठेक्का सम्झौता भएको सो योजना सङ्घीयतासँगै प्रदेश सरकारको पूर्धाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । विसं २०७४ कात्तिकमा सम्पन्न गर्ने लक्ष्यसहित रु दुई करोड २५ लाख ६० हजार ८२३ मा ठेक्का लिएको स्वच्छन्द–गौचन जेभीले २०७६ माघमा निर्माण सकेको थियो ।
अन्नपूर्ण गाउँपालिका–५ को स्वाँताखोलामा रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको ३० मिटर लामो आर्क प्रविधिको मोटरेबल पुल पुग्ने पहुँचमार्ग नै नभएपछि प्रयोगविहीन बनेको छ । शिखबाट स्वाँत, किन्दु जोड्ने सडकअन्तर्गतको मोटरेबल पुलमा शिखतर्फबाट जोडिने करिब २०० मिटर पहुँचमार्ग जगदेखि नै पहिराले बगाएको लोकबहादुर पुर्जाले बताउनुभयो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माणाधीन जिल्ला अन्नपूर्ण–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र बनेका छन् । आयोजनाका इञ्जीनियर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताउनुभयो ।
“४० मिटर लम्बाइ भएको रुप्सेखोलाको पुलको दुईतर्फ पिलर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खलबल्याउने गरी बाढीले बगाएपछि स्पाम ९लम्बाइ० बढाउन लागिएको छ”, उहाँले भन्नुभयो, “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।”
मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना फेदीस्थित दाङखोलामा १८ मिटर लामो मोटरेबल पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दीले विसं २०७६ साउनमा रु एक करोड ९३ लाखमा इन्द्रेणी–फेवा जेभीसँग ठेक्का सम्झौता गरेको थियो । अठार महिनामा सकिनुपर्ने पुल निर्माणस्थल दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँधको डुबान क्षेत्रमा पर्ने भएपछि रोकियो ।
सम्झौता हुँदाको वर्ष दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको दाङखोलाको मोटरेबल पुल निर्माणस्थलमा २०७७ बर्खाको बाढीले क्षति पु¥याएपछि रिडिजाइन गरी भेरिएशन अर्डर तयार गरी २५ मिटरको पुल निर्माण सुरु गर्ने तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारीदिनुभयो ।
सडक डिभिजन कार्यालय बागलुङले रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण –७ को सिमानास्थित बैसरीमा विसं २०७१ मा ठेक्कामार्फत कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण सुरु गरेको थियो । विसं २०७२ जेठमा राम्चेको पहिराले बैसरीमा कालीगण्डकी थुनिएर पुलको निर्माणाधीन पिलर डुबानमा परेपछि रोकिएको निर्माणको काम अझै सञ्चालन भएको छैन । बैसरीमा मोटरेबल पुल नहुँदा अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेका दुईवटा वडाका बासिन्दा सदरमुकाम बेनी आवतजावत गर्न जोखिमयुक्त सडकमा घुमाउरो यात्रा गर्न बाध्य भएका अन्नपूर्ण–७ का वडाध्यक्ष गमप्रसाद फगामीले बताउनुभयो ।
सो कार्यालयसँग अहिले सो पुल निर्माणसम्बन्धी अभिलेख छैन । कार्यालयका सूचना अधिकारी मुकुन्द लामिछानेले पहिराले पुरिएपछि ठेक्का रद्द वा निर्माण गराउन कुनै पनि प्रक्रिया अघि नबढेको बताउनुभयो । “त्यतिबेलाको अभिलेख अहिले हामीसँग पनि छैन”, उहाँले भन्नुभयो, “त्यो पुल बनाउने हो भने ठेक्का सम्झौता र डिजाइन संशोधन गर्नुपर्छ ।”
भूगोलअनुसारको डिजाइन नहुँदा म्याग्दीका विकास आयोजना अलपत्र पर्ने र ढिलासुस्ती हुने समस्या देखिएको छ । घारखोला, दुखुखोला, स्वाँताखोला, रुप्से, खहरेखोला, दाङखोला र बैसरीको कालीगण्डकीको मोटरेबल पुल निर्माण ढिलाइ हुनु र अलपत्र पर्नुमा सम्बद्ध कार्यालय र निर्माण व्यवसायी मात्र नभएर हचुवामा डिजाइन बनाउने परामर्शदाताको लापरवाही पनि कारण हो ।
“प्राविधिक र भौगोलिक अवस्थतिको तालमेल नमिल्दा केही मोटरेबल पुल आयोजना अलपत्र परेका छन्”, जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले भन्नुभयो, “सम्बन्धित आयोजना र कार्यलयमार्फत रोकिएका र अलपत्र परेका पुलहरुको समस्या पहिचान तथा समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन ताकेता गरिरहेका छौँ ।”
पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले पछिल्लोपटक सार्वजनिक खरिद ऐन संशोधन भएपछि डिजाइनमा लापरवाही गर्ने परामर्शदातालाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बाटो खुलेको बताउनुभयो । यसअघि कानुन अभावमा लापरवाही गर्ने परामर्शदाता उम्कने गरेका थिए । पछिल्लो समय अनुमानभन्दा बढी पानी पर्ने र बाढी आउन थालेकाले पुलको उचाइ बढाउनुपर्ने देखिएको उहाँको अनुभव छ ।
दश मोटरेबल पुल निर्माणाधीन
जिल्लामा सङ्घीय र प्रदेश सरकारमार्फत १० मोटरेबल पुल निर्माणाधीन छन् । पूर्वाधार विकास कार्यालयमार्फत हालै अन्नपूर्णको वडा नं ७ र ८ को सिमानामा पर्ने संसारीखोलामा १६ मिटर लामो सडक पुल निर्माण भएको छ ।
मालिका र धवलागिरि गाउँपालिकाको सिमानामा बन्न लागेको ४० मिटर लामो भारबाङखोला मोटरेबल पुलको ६५ प्रतिशत र अर्कलाकोे मराङखोलामा निर्माणाधीन २५ मिटर लामो पुलको ४० प्रतिशत प्रगति भएको छ । मालिका गाउँपालिकाको छ्यारछ्यारेमा ४० मी लामो ट्रस प्रविधिको मोटरेबल पुलको दुईतर्फ फाउण्डेशन खनिएको पूर्वाधार विकास कार्यालयका इञ्जीनियर सन्तोष अर्यालले जानकारी दिनुभयो । पुनःनिर्माण प्राधिकरणले अन्नपूर्णको ५ र ६ नं वडाको सिमाना घारखोलामा २५ मी लामो पुल निर्माणाधीन छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना राहुघाट नदीमाथि ४० मी लामो मोटरेबल पुल निर्माणाधीन छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर