
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
बागलुङ (गलकोट) । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ । यसअघि किबीका बिरुवा बागलुङ जिल्ला बाहिरबाट मात्रै आयात गरिन्थ्यो ।
ताराखोला–५ नागीका रतनबहादुर घर्तीले व्यावसायिक रुपमा नै किबी र जडिबुटीका बिरुवा उत्पादन गर्न थाल्नुभएको छ । भ्रमणका क्रममा इलाममा किबी र जडिबुटीको बिरुवा उत्पादन गरिएको देखेपछि आफूले पनि बिरुवा उत्पादन थालेको उहाँको भनाइछ ।
लामो समयदेखि कृषिमा लाग्नुभएका घर्ती अब आफैँ किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा हुनुहुन्छ । शुरुमा किबी खेती गर्ने भनेर बिरुवा खोज्दाखोज्दै हैरान हुनुभएका घर्तीले आफ्नै बारीमा स्थापना गरेको ग्रिन हाउसमा किबीका एक हजार ६ सय बिरुवा उत्पादन गर्नुभएको छ । किबीका बिरुवासँगै उहाँले बहुमूल्य जडिबुटीका बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ ।
“हामी किबीका बिरुवाका लागि रुकुम पुगेका थियाँै, बिरुवा लियौंँ तर अब हाम्रो ठाउँका कृषकलाई टाढाटाढा धाउनु पर्दैन”, घर्तीले भन्नुभयो, “अब पुस, माघ र फागुनमा किबीको बिरुवा कलमी गरेपछि बल्ल फल्ने खालको बिरुवा उत्पादन हुन्छ ।” समुद्री सतहदेखि एक पाँच सयदेखि दुई हजार दुई सय उचाइमा निकै राम्रो किबी हुन्छ । ताराखोलाका कृषकले खेती गर्ने उद्देश्यनुरुप लगाए पनि बिरुवाको अभावले सोचे जति बिरुवा लगाउन नपाउँदा निराश भएकाले घर्ती आफैँले बिरुवा उत्पादन गर्नुभएको हो ।
घर्तीका अनुसार किबीका बिरुवा जिल्लामै पहिलो पटक उत्पादन थालिएको हो । करीब रु दुई लाखको लगानीमा ग्रिन हाउस निर्माण गरी किबीको बिरुवा उत्पादन थालिएको उहाँले बताउनुभयो । यस वर्ष मात्रै किबीका बिरुवा बिक्रीबाट झण्डै रु पाँच लाख आम्दानी गर्ने उहाँको लक्ष्य छ ।
उहाँले जंगलमा पाइने जडिबुटी तर लोप हुन लागेका सतुवा र बिखमाको बिरुवा र बीउ पनि उत्पादन गरिएको बताउनुभयो । समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा मात्र यो जडिबुटी हुन्छ । ‘वनमा लोप हुन लागेका जडिबुटीका बीउ र बिरुवा उत्पादन विगत पाँच वर्षदेखि गरेको छु’, उहाँले भन्नुभयो, ‘अहिले जडिबुटीको संरक्षणमा नलागे भोलिका दिनमा भावी सन्ततिले सतुवा जडिबुटी भन्ने के हो भनेर सोध्ने दिन आउँछ ।’
संकटकालमा गाउँमा बस्ने वातावरण नभएर मलेसिया जानुभएका पचास वर्षीय घर्ती तीन वर्षमै आफ्नै देश फर्केर व्यावसायिक कृषि पेशामा लागेको बताउनुहुन्छ । उहाँ विदेश जाँदा लागेको ऋणसमेत नतिरी फर्केर आफ्नो गाउँमा कृिष व्यवसाय गर्ने उद्देश्य बोकेर आए पनि त्यस समयमा गाउँमा के गर्ने र कसरी गर्ने भन्ने थाहा नै नभई भैँसी र बाख्रा पालेर बस्नुभएको थियो । गाउँपालिकाले आफूहरुलाई कृषि अवलोकन भ्रमण गराएपछि व्यवसायी बन्न सिकेको घर्तीको भनाइ छ ।
उहाँले अहिले आफ्नै घरमा टमाटर, खुर्सानी, काउली, बन्दा, उखु, फर्सी, आलु आदि खेती गर्दै आउनुभएको छ ।
ताराखोला घुम्टेको वनमा १५० भन्दा बढी जडिबुटी पाइए तापनि उचित रुपमा पहिचान, संरक्षण तथा निकासी नहुँदा जंगलमै कुहिएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो । उहाँका अनुसार जडिबुटीको वैज्ञानिक रुपमा बीउ उत्पादन गरी पकेट तथा ब्लक बनाएर व्यावसायिक उत्पादन गरे मात्र आम्दानी हुन सक्छ । अहिले ताराखेलाको साविक १,७ र ८ नं वडालाई जुल्फे किबी पकेट क्षेत्र भनेरसमेत कृषि ज्ञानकेन्द्र पर्वतले सूचीकृत गरेको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए