
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
वालिङ, ११ भदौ । स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो । मलेसिया, दुबई र भारतका विभिन्न कम्पनीमा रोजगारी गर्नुभएका उहाँलाई घर छोडेर टाढा विदेशी भूमिमा बस्दा मन खिन्न हुन्थ्यो ।
उहाँलाई परिवारसँगै बसेर केही न केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले छाडेन । यसले गर्दा उहाँ विदेश बसाइँलाई छोट्याएर आफ्नै जन्मभूमिमा फर्किनुभयो । स्वदेश फर्केपछि केही न केही व्यवसाय थाल्ने मनसायका साथ उहाँले अग्रजसँग सल्लाह तथा परामर्श लिनुभयो र गाउँमै सुन्तला तथा बाख्रापालन व्यवसाय सुरु समेत गर्नुभयो ।
उहाँले आफूसँग भएको रकम र ऋण गरी झण्डै रु १४ लाखका लगानीमा ‘गणेश बाख्रा फार्म’ दर्तागर्नुभयो । स्थानीय तथा उन्नत जातका बाख्राका माउ पाल्न शुरु गर्नुभएका उहाँलाई त्यत्तिमै सीमित हुन मनले मानेन् । उहाँले यहाँ वरिपरि उत्पादन भएका बोका तथा पाठाको बजारीकरणमा समस्या देखेपछि गाउँगाउँमा उत्पादन भएका खसी, बोका र पाठा खरिद गरी ल्याउने र फार्ममार्फत बिक्रीवितरण गर्न थाल्नुभयो ।
“आफ्नो फार्ममा उत्पादन भएका खसी, बोकासँगै गाउँमा रहेका किसानका खसी, बोका सङ्कलन गरी एकै ठाउँबाट बिक्रीवितरण शुरु गरेँ”, युवा व्यवसायी पाठकले भन्नुभयो, “यसले गर्दा यहाँ उत्पादन भएका खसी बोकाले उचित बजार पाउने भएपछि खसी, बोका नबिक्ने समस्याको हल भएको छ ।”
व्यवसाय सञ्चालन गरेसँगै उहाँले बढीमा रु दुई करोडसम्मको कारोबार र थोरैमा गत वर्ष बन्दाबन्दीका कारण रु ८० लाख बराबरको कारोबार गर्नुभएको छ । यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा बिक्रीका लागि अहिले समस्या नभएको उहाँले बताउनुभयो । “थोरैथोरै उत्पादन हुने र बिक्री गर्नका लागि समस्या हुने रैछ, त्यस्तो अवस्थामा बजार मूल्य पनि राम्रो नपाइने हुँदोरहेछ”, उहाँले भन्नुभयो, “गाउँगाउँमा रहेका फार्म तथा व्यक्ति–व्यक्तिबाट सङ्कलन गरी एकमुष्ट बिक्री गर्दा बजार दिगो हुने भएकाले व्यवसायी खोजीखोजी आउने गरेका छन् ।”
यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा काठमाडौँ तथा पोखरामा खपत हुने गरेको छ । उहाँले भन्नुभयो “कामलाई सानो ठूलो नभनी फरक तरिकाले गर्नसकिएमा सफल भइन्छ । ” गल्याङ नगरपालिकाले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएपछि अहिले फार्म खुल्ने क्रम वृद्धि भएकोे बताउनुभयो । विशेष गरी विदेश गएर फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हुँदै गएको देखिन्छ । -तोलाकान्त बगाले/रासस