
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
वासुदेव पौडेल
पोखरा, १० भदौ । नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ ? भन्ने प्रश्नले ठाउँ लिन थालेको छ ।
विसं २००३ देखि नेपाली राष्ट्रिय कांग्रेसका रुपमा आफ्नो यात्रा थालेको पार्टीले यसबीचमा विभिन्न आरोहअवरोह पार गर्दै पछिल्लो महाधिवशेनका सङ्घारमा आइपुगेको हो । विसं २००३ को मजदुर आन्दोलनदेखि २००७ सालको प्रजातन्त्रको स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना, २०६२–६३ को दोस्रो लोकतान्त्रिक जनआन्दोलन, संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी जस्ता देशका प्रमुख राजनीतिक आन्दोलन र अभियानमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसको आसन्न महाधिवशेनलाई समाजको तल्लो तहदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा महत्वका साथ हेरिएको छ ।
सङ्घर्षको जगमा नै कांग्रेसको जन्म भएको बताउनुहुने नेका महासमिति सदस्य अधिवक्ता रामचन्द्र त्रिपाठी आसन्न महाधिवेशनमा आउने कांग्रेसको नेतृत्व कस्तो हुने भन्ने विषयले चर्चा पाएको बताउनुहुन्छ ।
अधिवेशनबाट समाज र राष्ट्रले वडा तहदेखि केन्द्र तहसम्म तत् क्षेत्रको अगुवाइ गरी अभिभावकीय भूमिका निर्वाह गर्नसक्ने नेतृत्वको अपेक्षा गरेको जनाउँदै उहाँले समाजको भावना बुझेर अघि बढ्न सक्ने नेतृत्व नै अहिलेका आवश्यकतामा जोड दिनुहुन्छ ।
“कांग्रेसको आगामी नेतृत्व गतिशील, स्पष्ट दृष्टिकोण भएको हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “समाज र राष्ट्रलाई समुन्नत बनाएर लैजाने समयको गतिलाई आत्मसात गर्न सक्नुपर्छ ।” इतिहासदेखि वर्तमानसम्म सङ्घर्षका धेरै यात्रा पार गरेको कांग्रेसले २००३ सालमा विराटनगरको मजदुर आन्दोलनको सुरुआत, २००७ को क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह अनि २०४६ को ऐतिहासिक जनआन्दोलन हुँदै २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाका हरेक क्षणमा अगुवाइ गरिसकेको उहाँले बताउनुभयो ।
स्थापनाको झण्डै आठ दशकका यात्रामा पार्टीभित्रको आन्तरिक सङ्घर्षले समय समयमा क्षति बेहोर्दै आएको कांग्रेसका लागि समग्र पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्व अपेक्षा गरिइएको छ ।
महाधिवेशनका सन्र्दमा अहिले विभिन्न समयमा घोषित मिति सर्दै आए पनि अब भने चाँडै नै महाधिवशेन हुने कुरामा पार्टीका नेता तथा कार्यकर्ता विश्वस्त बनेका छन् । नेतृत्व विकासको महत्वपूर्ण माध्यमका रुपमा महाधिवेशनलाई लिइन्छ ।
इतिहासका अनुसार तत्कालीन समयमा आफ्नो राष्ट्रका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताका भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको जन्म दिएको हो । उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । तत्कालीन अवस्थामा जेल जीवन बिताएका टङकप्रसाद आचार्य सभापति र विश्वेश्वरप्रसाद कोइराला कार्यबाहक सभापति बनाइएको थियो ।
कांग्रेसको दोस्रो महाधिवेशन २००४ माघ २० देखि २२ गतेसम्म बनारसमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले बिपी कोइराला सभापति निर्वाचित गरे पनि उहाँ हिरासतमा भएकाले रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मीलाई कार्यबाहक सभापति बनाइएको थियो । त्यस्तै २००५ फागुन १८ गते भारतको बिहार राज्यको दरभङगामा कांग्रेसको तेस्रो महाधिवेशन सम्पन्न भयो ।
महाधिबेशनबाट मातृकाप्रसाद कोइराला कार्यबाहक अध्यक्ष बन्नुभयो. । उक्त क्रममा पनि विश्वेश्वरप्रसाद कोइराला हिरासतमै हुनुहुन्थ्यो । नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा सुवर्ण शम्शेरको नेतृत्वमा स्थापित नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गते कलकतामा एकीकरण भएसँगै नेपाली कांग्रेसको स्थापना भयो ।
एकीकरणसँगै कोलकताको टाइगर हलमा पार्टीको चौंथो महाधिवेशन सम्पन्न भई मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो । यही महाधिबेशनबाट नेपाली कांग्रेसले पहिलो युगान्तकारी घोषणापत्र जारी गरेको थियो । पार्टीको पाचौँ महाधिवेशन २००९ जेठ १० देखि १३ गतेसम्म जनकपुरमा सम्पन्न भयो । यो महाधिबेशनबाट विश्वेश्वरप्रसार कोइराला सभापति चयन हुनुभयो ।
पार्टीको छैटौँ महाधिवेशन २०१२ साल माघमा वीरगन्जमा सम्पन्न भएको थियो सो महाधिवेशनबाट सुवर्णशम्शेर राणा पार्टी सभापतिमा निर्वाचित बन्नुभएको थियो । यो महाधिवेशनले औपचारिक रुपमा समाजवादलाई अङगालेको थियो । त्यस्तै पार्टीको आन्तरिक विवादका कारण २०१४ पार्टीको विशेष महाधिवेशन भएको थियो । महाधिवेशनले बिपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशम्शेरलाई कोषाध्यक्षमा मनोनयन गरेको थियो । पार्टीको २०१६ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनले बिपी कोइरालालाई पुनः पार्टीभापति बनाएको थियो ।
विसं २०१७ पुस १ गते नेपाल तरुण दलको सम्मेलनस्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्री गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार हुनुभयो । तत्कालीन राजा महेन्द्रले आफ्नो महत्वकांक्षामा राजनीतिक पार्टी बाधक भएको भन्दै विसं २०१७ पुस २२ गते सबै पार्टीमाथि प्रतिबन्धको घोषणा गर्नुभएको थियो ।
विसं २०१७ मा पार्टी माथिको प्रतिबन्धका बाबजुद पनि प्रजातन्त्र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको कांग्रेसले विसं २०४६ मा अन्य राजनीतिक दल समेतसँगको सहकार्यमा प्रजातन्त्रको पुनःस्थापना हुँदै २०७२÷७३ को दोस्रो लोकतान्त्रिक आन्दोलन आदिमा अगुवाइ गर्दे आएको छ । प्रजातन्त्रको पुनःस्थापनापछि विभिन्न मितिमा आफ्ना आठौंदेखि १३औँ अधिवेशनसम्म सम्पन्न गरेको कांग्रेस यतिखेर १४ औँ महाधिवशेन सम्पन्न गर्ने तयारीमा लागेको छ ।
महाधिवेशनले पार्टीको आन्तरिक कमजोरीका रुपमा रहेको गुटगत प्रवृत्तिलाई अन्त्य गर्दै देश र जनताले भरोसा गर्ने किसिमको नेतृत्व निर्वाचित गर्नुपर्ने तनहुँका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनाल बताउनुहुन्छ ।
कांग्रेसमा युवाको ठूलो पङ्क्ति रहेको बताउँदै नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहनुभएका उहाँले देशले राजनीतिक रुपमा फड्को मारिसकेको र अबको राजनीति आर्थिक तथा सामाजिक परिवर्तनका लागि हुनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ ।
“अवको कांग्रेस नेतृत्व पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई मिलाएर लैजाने हुनुपर्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा निर्वाचित बन्ने वडा तहदेखि केन्द्र तहसम्मको नेतृत्वले आम जनताको भावनालाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन ।”
कांग्रेसले देशको समृद्धि र विकासका लागि नेतृत्व गर्नुपर्छ भन्ने आम जनचासोकाबीच महाधिवेशन हुन लागेको बताउने नेका कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्री प्रत्येक जनताको भावनालाई बुझ्ने किसिमको नेतृत्व स्थापित गर्ने जिम्मेवारी कांग्रेसी कार्यकर्तामा आएको बताउनुहुन्छ । राष्ट्रका समस्याबाट भाग्ने नभै जुधेर समाधान गर्ने किसिमको कांग्रेस नेतृत्व यतिखेर समाज र देशले चाहेको उहाँको भनाइ छ । रासस
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ