
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
गलेश्वर, ३ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणयुक्त कन्दमूलको अचार प्रवद्र्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको आकर्षक स्थल मानिने नाच्र्याङ र नाच्र्याङको शिरानमा रहेको लेकगाउँलाई पूर्व तथा उत्तरबाट घेरेको जङ्गल हिमालसम्मै फैलिएको छ । यो गाउँमा पाइने वनस्पति र कन्दमूलको तरकारी तथा अचारले अन्तर्राष्ट्रिय बजार पाउन सक्ने भए पनि प्रवद्र्धन हुन नसक्दा गाउँमा नै खुम्चिएर रहन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।
अचारका सौखिनका लागि नाच्र्याङका प्रत्येक घरमा वनस्पति र कन्दमूलका थरीथरी अचार पाइन्छन् । ती अनेकौँ अचारमध्ये फापर परिवारअन्तर्गत पर्ने ‘रियम’ प्रजातिको कन्दमूलको अचार यहाँ रुचाइनेमध्येको प्रमुख हो । यो अचार स्वादिष्ठ हुनाका साथै औषधीय गुणले समेत युक्त हुने भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले असाध्यै रुचाउने गरेका स्थानीयवासी जीतबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार यो अचार प्राकृतिकरुपमा नै अमिलो हुन्छ । यो अचार बनाउने विधि पनि अनौठो रहेको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वनस्पतिको बोक्रालाई त्यसैको पातमा पोको पारेर तोरीको तेलमा केही महीना डुबाएर राखेपछि अचार तयार हुन्छ । गाउँलेले जेठ–असारमा त्यसका पात र बोक्रा सङ्कलन गरेर अचार बनाउने गर्दछन् । उहाँका अनुसार यो वनस्पतिको पात एक–डेढ मिटरसम्म अग्लो हुन्छ । यसको फूल सानो र गुलाबजस्तो रातो हुन्छ ।
यसलाई विशेष प्रकारको अग्र्यानिक अचार भनेर प्रचारप्रसार गर्न सक्ने हो भने मानिसको स्वास्थ्यसँगै पर्यटन प्रवद्र्धनको पनि प्रशस्तै सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । बूढापाकाका अनुसार यहाँ बनाइने अचार आयुर्वेदिक महत्वको पाखनभेद नामक वनस्पतिको आनुवांशिक प्रजाति हो । यो अचार औषधीय गुणले समेत युक्त हुने भएकाले ग्याष्टिक, गोला, गानो, छाती दुख्नेलगायतका बिरामीका लागि अत्यन्तै उपयोगी हुने बताइएको छ ।
यसको स्वाद गोलभेडाको भन्दा तिख्खर अमिलो हुने भएकाले यसलाई जङ्गली गोलभेडा पनि भनिने गरेको स्थानीयवासी तिलबहादुर पुनले बताउनुभयो । परम्परागत रुपमा बनाइँदै आएको यहाँको वनस्पतिय अचारलाई प्रवद्र्धन गरी बजारीकरण गर्न स्थानीय तहले पहल थाल्नुपर्ने उहाँको भनाइ छ ।
त्यसैगरी यहाँ जङ्गली वनस्पति चुत्रोबाट मदिरा (घरेलु रक्सी) उत्पादन गर्ने गरिन्छ । जङ्गली फलबाट बनाइने यो मदिरा विशुद्ध प्राकृतिक हुने भएकाले यसले स्वास्थ्यलाई नकारात्मक असर नगर्ने यहाँका बासिन्दाको भनाइ छ । सिस्नोको परिकारका लागि पनि यो गाउँ प्रसिद्ध छ । जङ्गल र भिर पाखामा पाइने सिस्नोलाई टिपेर यहाँका बासिन्दाले स्वादिष्ट परिकार बनाउने गरेका छन् । –ध्रुवसागर शर्मा/रासस