
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताएका छन् । सिलिंगे कृषि उत्पादक सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको कृषि औजार तथा सामग्री हस्तान्तरण कार्यक्रममा उनले यो योजना कार्यान्वयनका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरिने बताए ।
उनले सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकासलाई प्रदेश सरकारले प्राथमिकतमा राखिएको बताए । उनले भने,‘एक सहकारी–एक उत्पादन कार्यक्रमलाई प्रवद्र्धन गर्न बजेटमा आवश्यक व्यवस्था गरिएको छ ।’ विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपन्छी तथा मत्स्यपालनका पकेट र ब्लक क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले उल्लेख गरे ।
भू–बनोट र सम्भाव्यताको आधारमा आलु खेती, चैते धान, सुन्तला, कागती, अलैंची, कफी, मरिच, सितल चिनी, म्याकेडेमिया नट्स, चेस्ट नट्स, च्याउ, रेशम खेती, घाँसेबाली, मौरीपालन जस्ता कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको उनको भनाइ थियो । पशु, फलफूल, तरकारी र अन्नबालीको नयाँ प्रजाति विकास, पशु नश्ल सुधार र उन्नत बिउ उत्पादन गर्ने अनुसन्धानात्मक कार्यक्रमलाई जोड दिँदै गाई, भैंसी तथा बाख्राको नश्ल सुधार गरी उत्पादकत्व बृद्धि गर्न स्रोत केन्द्रको विकासलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलले बताए ।
उनले भने, ‘अन्नबाली, तरकारी, फलफूल तथा घाँसका स्वस्थ विरुवा उत्पादनका निम्ति प्रविधियुक्त नर्सरी स्थापना गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ । उनका अनुसार स्याउ उत्पादनमा आत्मनिर्भर हुन हिमाली जिल्लामा उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
कृषि उद्यमशीलता अभिवृद्धि गर्न नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपन्छी बिमा ल्याइएको सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने कार्यक्रम पनि सरकारले अगाडि सारेको भनाइ राखे । उनले भने, ‘बाँझो तथा खेतीयोग्य जमीनको चक्लाबन्दी गरी सहकारी, सामूहिक, करार तथा व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने योजना सरकारको छ ।’
उनले भेटेरिनेरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रयोगशालाको स्तरोन्नति गर्न तथा पशु रोग नियन्त्रणका लागि पशुखोप कार्यक्रम सञ्चालन गरिने बताए । मुख्यमन्त्री पोखरेलले भौगोलिक सूचना प्रणाली मार्फत भू–उपयोगको तथ्यांक अद्यावधिक गरी प्रदेशस्तरीय भू–उपयोग योजना तयार गर्ने, सरकारी तथा सार्वजनिक, निजी र गुठी जग्गाको अभिलेख अद्यावधिक गरी व्यवस्थित गर्न लागिएको जानकारी उनले गराए ।
उक्त अवसरमा हाते ट्रयाक्टर, डिजिटल तराजु, सिँचाइ पाइप, हजारी, थोपा सिंचाइका लागि सामग्री किसानलाई हस्तान्तरण गरिएको छ । करिब ४७ लाख बराबरका सामान किसानलाई प्रदान गरिएको सहकारी अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले ग्रामीण भेगकका नागरिकको आर्थिक समृद्धिका लागि सहकारीलाई अगाडि सार्नुपर्ने बताए । अहिले प्रदेशमा सरकारको नेतृत्व फेरिएसँग जनअपेक्षा पनि बढेको भनाइ राखे ।
प्रदेश सभा सदस्य तथा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले किसानलाई उकास्न प्रदेश सरकार र प्रदेश सभा सदस्य सधैं क्रियाशील रहेको भन्दै अब कृषिलाई उद्यमका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले किसानहरु अहिले प्रविधिमैत्री भएको भन्दै त्यस अनुसारको उत्पादन गरी राष्ट्रिय अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाटले किसानलाई उद्यमशील बनाउन सहकारीको भूमिका उल्लेखनीय रहेको भनाइ राखे । सहकारीकी सल्लाहकार कोपिला रानाभाटले महिलाहरुलाई समेटेर अगाडि बढाउन सहकारीले उल्लेख्य भूमिका खेलेको बताइन् ।
कृषि ज्ञान केन्द्र कास्की प्रमुख शालिग्राम भट्टराईले कृषितर्फ पनि बेलैमा ध्यान दिन आग्रह गरे । उक्त अवसरमा पोखरा २६ का वडाध्यक्ष नारायण अधिकारीले शुभकामना व्यक्त गरेका थिए । सहकारीका सचिव सूर्यप्रकाश बञ्जाराले नगरपालिकाको २६ देखि ३३ गरी ८ वटा वडा कार्यक्षेत्र रहेको सहकारीमा १ हजार १ सय सदस्य रहेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गगत कृषि ज्ञान केन्द्र कास्की र सिलिंगे सहकारीको साझेदारीमा ती सामग्र्री हस्तान्तरण गरिएको हो ।