
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कनुभयो । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै हुनुहन्थ्यो । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भन्नुभयो, ‘‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर प¥यो, पछि पल्लो घरकी दिदीले धान दिनुभो । अब दशैँमा भोकै रहनु पर्दैन ।’’
धनकलाका घरमा खाद्यान्न संकट कोरोना महामारीपछि भएको हो । धनकला टीकापुरकै एउटा होटलमा वेटरको काम गर्नुहुन्थ्यो । कोरोना संक्रमण फैलन थालेपछि उहाँ काम गर्ने होटल बन्द भयो । होटल बन्द मात्र होइन धनकलाको रोजीरोटी र तीन छोराछोरी पाल्ने आधार बन्द भयो । सात महिनादेखि रोजगारीविहीन धनकलालाई रु ५० हजारभन्दा बढी ऋण लागिसकेको छ । ‘‘भारतमा रोजगारीका सिलसिलामा रहेका श्रीमान् पनि घर फर्किएका छन् । मेरो कामकाज पनि छैन, गाउँमै ज्यालादारी गरौँ भने पनि पाइँदैन’’, धनकला भन्नुहुन्छ, ‘‘अब के खाने ? के दशैँ आउँथ्यो, अब भोकै मर्ने चिन्ताले सताउन थाल्यो ।’’
टीकापुर –१ कै सन्देश चौधरीको परिवारमा पनि साँझबिहानकै छाक टार्न समस्या भएको छ । सन्देश दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ । सन्देशका छोराछोरीले पनि दशैँमा मासु खाने र नयाँ लुगा लगाउने अपेक्षा गरेका छन् तर उहाँसँग राम्ररी खाना खुवाउन सक्ने आर्थिक जोहो छैन । ‘‘म घरघरमा दाउरा चिर्ने काम गर्थेँ, कोरोना महामारीपछि अचेल मानिसले बोलाउनै छाडे’’, सन्देश भन्नुहुन्छ, ‘‘आफ्नो जग्गाजमीन छैन, काम पाइँदैन, अनि छोराछोरीको पेट कसरी भर्नू ?’’
धनकला र सन्देशका घरमा मात्र होइन विपन्न बस्तीका धेरै नागरिकका घरमा यस वर्ष दशैँमा चुल्हो बल्न मुश्किल छ । यहाँका धेरै नागरिक होटल, घर सरसफाइ, ज्यालादारीको गर्थे । यी सबै काम बन्द छन् । ‘‘यहाँ दशैँ होइन दशा आएको छ । अलिअलि हुनेले छोराछोरीलाई नयाँ लुगा, सरसामान किनमेल र माछामासु खाएको देख्दा नहुनेको मन कँुडिएको छ’’, स्थानीयवासी रुपकेश सुनार भन्नुहुन्छ, ‘‘धनी र गरीबसँगै बस्नु राम्रो रहेनछ, देखासिकी र तडकभडकले विपन्नलाई पीडा दिन्छ ।’’ रुपकेशले भएकाले नभएकालाई खुवाएर, बाँडीचुँडी गरेर दशैँ मनाउनाको साटो यहाँ देखासिकी गर्ने चलनले चाडपर्वले ऋणको भारी बोकाउने गरेको बताउनुभयो ।
कोरोना संक्रमणका कारण लकडाउन भएपछि अतिविपन्न परिवारलाई यहाँका स्थानीय सरकारले खाद्यान्न वितरण गरेका थिए । एकतानगरकी सुदीक्षा दमाईँ दशैँ, तिहारजस्ता पर्वमा स्थानीय सरकारले राहत कार्यक्रम ल्याउनुपर्ने माग गर्नुहुन्छ । ‘‘सरकार नजीकै छ । हामी भोकै मर्ने अवस्था आइसक्यो’’, उहाँ भन्नुहुन्छ, ‘‘पहिले पहिले मागेर खान्थ्यौँ, आजभोलि अरुका घरमा जान नि डर लाग्छ । यस्तो बेलामा राहत दिए कति खुशी हुने थियौँ ।’’
कैलालीका धेरै नागरिक रोजगारीका सिलसिलामा भारत जान्छन् । परिवार यता बस्ने, पुरुषले कमाएको रकमले धेरैको घर चल्छ । कोरोना महामारीपछि मात्रै भारत तथा विदेशमा रहेका चार हजार नेपाली टीकापुर फर्किएका छन् । ‘‘६ महिनासम्म नकमाएपछि घरमा आर्थिक समस्या नहुने कुरै भएन’’, स्थानीयवासी रुपेश ओली भन्नुहुन्छ, ‘‘भारतबाट फर्केकाहरुले यहाँ काम पाएनन्, अहिले भारत जाने वातावरण पनि छैन, कतिपय परिवार त भोकमरी हुने देखिएपछि यहीबीचमा भारत पसेका छन् ।’’
टीकापुर– १ का वडाध्यक्ष गंगाराम आचार्य कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबै क्षेत्र तहसनहस भएको बताउनुहुन्छ । ‘‘हामीले लकडाउन भएको करीब एक महिनापछि विपन्न सबैलाई खाद्यान्न दियौँ, हजारौँ परिवारले राहत पाए’’, उहाँ भन्नुहुन्छ, ‘‘चुल्हो नै नबल्ने परिवारका घरमा चुल्हो बाल्नेछौँ, वडा कार्यालयले नगरपालिकासँग पहल गर्नेछ ।’’ उहाँ छिमेकमा नभएका परिवारलाई हेयको दृष्टिले नभई बाँडीचुँडी खान आग्रहसमेत गर्नुहुन्छ । (रासस)
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने