
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ ।
बिसिसिआईको विज्ञप्तिमा भनिएको छ, “खेलाडी, सहयोगी कर्मचारी र अन्य सहभागीको स्वास्थ्य सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता गर्न सकिन्न । कोभिडका कारण भारतमै अहिले निकै कठिन परिस्थिति उत्पन्न भएको छ । हामीले दुःखको अवस्थामा पनि सकारात्मक सन्देश दिन र खुशी साट्न प्रयत्न गरेका थियौं, तर अब आइपिएलमा सम्बद्ध सबै व्यक्ति आइपिएलका खेलबाट बिदा भएर आआफ्ना परिवार र घर जाँदै हुनुहुन्छ ।”
गत अप्रिल ९ बाट शुरु भएको यस वर्षको आइपिएलमा २९ वटा खेल भएका थिए । यी खेलहरु रङ्गशालामा दर्शक बिनै खेलाइएका थिए । भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहरले सिङ्गो स्वास्थ्य प्रणालीमाथि गम्भीर सङ्कट निम्त्याएको थियो ।
कोभिड–१९ बाट खेलाडी र खेल पदाधिकारी नै संक्रमित भएपछि सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्द भएको थियो । मङ्गलबार पनि चेन्नाई सुपर किङ्ग्सका दुई कर्मचारी र सनराइजर्स हैदराबादका एक खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
भारतीय आइपिएलमा विश्वकै सर्वाधिक सफल क्रिकेट खेलाडीहरुले २०–२० क्रिकेट खेल्ने अवसर पाउने गर्दथे । गत वर्ष पनि कोभिड महामारीकै कारण यो प्रतियोगिता युनाइटेड अरब इमिरेट्समा खेलाइएको थियो ।
आइपिएलमा सहभागी खेलाडीहरुलाई स्वदेश फर्कन भने निकै कठिनाई हुने देखिएको छ खासगरी बेलायत र अस्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा अस्थायी रुपमा रोक लगाएपछि समस्या उत्पन्न भएको छ ।
यसैबीच, क्रिकेट अस्ट्रेलियाले भारतमा रहेका स्टिभ स्मिथ र डेभिड वार्नर समेतका आफ्ना खेलाडीहरुको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्न लागेको जनाएको छ ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्ला तीन महिनामा कोभिड संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दुई लाख २० हजार नाघिसकेको छ ।
कोभिड संक्रमण तिब्र गतिमा फैलिएको जनाउँदै गत साता अस्ट्रेलियाली खेलाडीहरु एन्ड्रु टाई, एडम जाम्पा र केन रिचार्डसनले आइपिएल परित्याग गरी स्वदेश फर्किएका थिए । त्यस्तै, रविचन्द्रन अश्विन र लियाम लिभिङस्टोनले पनि बीचमै आइपिएल छाडेका थिए । (एपी)
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी