
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
सिर्जना घिमिरे
लम्जुङ । जिल्ला प्रहरी कार्यालय लम्जुङ, नेपाल पत्रकार महासंघ लम्जुङ शाखा र सर्वाेदय ज्येष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई आज माक्स, सेनिटाईजर र लत्ताकपडा बितरण गरिएको छ । नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, लम्जुङ निवासी नेपाल प्रहरी संगठनका प्रहरी नायब उपरीक्षक सुबास बोहरा, पर्यटन व्यवसायी शम्शेर पराजुली र राजु पराजुली (अमेरिका निवासी) सहितको टोलीले सो सहयोग प्रदान गरेको हो ।
टोलीले लम्जुङ प्रहरी र पत्रकार महासंघ लम्जुङ शाखालाई १/१ हजार थान मास्क, ५÷५ लिटर सेनिटाईजर प्रदान गरेको थियो । अहिलेको विषम परिस्थितिमा चूनौंती मोलेर अग्रस्थानमा रहेर काम गर्नुपर्ने भएकोले सुरक्षित रहनका लागि सुरक्षाकर्मी र सञ्चारकर्मीलाई यो सहयोग गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले दिनरात नभनी यो कोरोनाको कहरमा पनि जनताको सेवामा खटिएको प्रहरीप्रति आमनागरिकका तर्फबाट सहयोग प्रदान गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ लम्जुङ शाखाका अध्यक्ष आस गुरुङले सहयोगी सबैप्रति आभार प्रकट गर्दै चूनौंती र संकटको घडीमा पत्रकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । मनकामना क्लब लम्जुङका अध्यक्ष सूर्यबहादुर थापाले सुरक्षाकर्मी र सञ्चारकर्मीको भूमिका संकटको समयमा झनै महत्वपूर्ण हुने भएको भन्दै खुलेरै प्रशंसा गर्नुभयो ।
त्यस्तै, सोही टोलीले किवानिज क्लव अफ मनकामना मार्फत् दोर्दी गाउँपालिका ११ र दूध पोखरी गाउँपालिकाका १२ घर परिवारलाई २÷२ बण्डल जस्तापाता र खाद्यान्न सहयोग गरेको छ । गत असार महिनामा आएको पहिरोमा आमा, बाबु र भाइ समेत गुमाएकी बेसिशहर सातबिसेकी १३ बर्षकी डोल्मा तामाङलाई सो टोलीले १५ हजार नगद सहयोग गरेको छ ।
त्यस्तै पर्यटन व्यवसायी शम्शेर पराजुली र उहाँका दाइ राजु पराजुलीले आफ्ना पिताको नाममा स्थापना गरेको रामलक्ष्मण फाउन्डेसनबाट हर्राबोटमा रहेको सर्वाेदय ज्येष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई न्यानो कपडा र नगद ३० हजार रुपैयाँ सहयोग गरेको थियो । । टोलीले आज सबै ठाउँमा गरी ७ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको हो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने