
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
हरिकुमार राई,
उदयपुर । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा, जोगीदह, खैजनपुर, साउने, खाँबुचुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर व्यापक केरा खेती विस्तार भएको हो । जिल्लाको चौदण्डीगढी नगरपालिकाको हँडिया, सिवाइ, सुन्दरपुर, देवधार तथा बसाहा क्षेत्रलाई अहिले केरा जोन क्षेत्रका रूपमा विकास गर्दै लगिएको नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राई बताउनुहुन्छ ।
अहिले जिल्लाको सबैभन्दा बढी केरा उत्पादन हुने बेलका नगरपालिकाको भागलपुर, तपेस्वरी, पुरनदह, बानडाँडा क्षेत्र रहेका छन् भने कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, हरैया, बेलस्रोतसहित क्षेत्रहरुलाई तीन वर्षदेखि केरा जोन क्षेत्रका रूपमा विकास गरिएको सम्बन्धित नगरपालिकाले बताएको छ ।
जिल्लाको पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकाको नेपालटार, दनुवारबेँसी क्षेत्रलाई पनि चार वर्षदेखि केरा जोन क्षेत्रका रूपमा विकास गरिएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माका अनुसार विसं २०७० सम्ममा उदयपुरको त्रियुगा, चौदण्डी, बेलका र कटारी नगरपालिकाका केही स्थानमा मात्र गरेर ५० हेक्टर क्षेत्रफलमा मात्र केरा खेती हुँदै आएको थियो ।
विसं २०७४ सम्म आइपुग्दा जिल्लामा ९१ हेक्टर क्षेत्रफलमा केरा उत्पादन हुने गरे पनि यसपछि जिल्लाको मुख्य चार नगरपालिका कटारी, त्रियुगा, बेलका, चौदण्डीगढी नगरपालिकामा व्यापक केरा खेती विस्तार गर्दै केरा जोन तथा पकेट क्षेत्रसमेत घोषणा गरेर अहिले केरा खेतीले व्यापकता पाएको ज्ञान केन्द्रले बताएको छ ।
गत वर्ष जिल्लामा केरा खेती विस्तार भएर १५० हेक्टर क्षेत्रफल जग्गामा केरा खेती वृद्धि भएको थियो भने जिल्लामा कूल एक हजार ५६० मेट्रिक टन केरा उत्पादन भएको ज्ञान केन्द्रको भनाइ छ । विसं २०७७ को तथ्याङ्कअनुसार यसपटक जिल्लामा १७५ हेक्टर क्षेत्रफल जग्गामा केरा खेती विस्तार भइसकेको छ भने यसपटक एक हजार ९५० मेट्रिक टन केरा उत्पादन भएको ज्ञान केन्दका प्राविधिक अधिकृत अम्बिकाकुमारी भट्टराईले बताउनुभयो ।
अहिले जिल्लामा व्यावसायिक केरा उत्पादनमा सबैभन्दा बढी आम्दानी बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाका कृषकले आर्जन गरिरहेका छन् । बेलका नगरपालिका आम्बासीका व्यावसायिक केरा उत्पादक कृषक पुण्यप्रसाद भट्टराई भन्नुहुन्छ, “म विसं २०६४ बाट नै व्यावसायिक केरा खेतीमा लाग्दै आएको भए पनि २०७० देखि व्यापक केरा खेती विस्तार गरेर अहिले घरको अढाई बिघा जग्गामा केरा खेती विस्तार गरेको छु ।”
उहाँले गत वर्ष रु आठ लाखभन्दा बढीको केरा बिक्री गरेको तर यसपटक कोभिड–१९ को प्रभावका कारण राम्ररी केरा बिक्री गर्न नसके पनि कात्तिकदेखि अहिलेसम्म आएर झण्डै रु ५० लाखको केरा बिक्री गरिसकेको बताउनुभयो ।
चौदण्डीगढी नगरपालिका–३ हँडियाका व्यावसायिक केरा उत्पादक कृषक परमानन्द चौधरीले विसं २०७२ देखि वार्षिक रु छ लाखसम्मको केरा बिक्री गर्दै आएको तर यसपटक कोरोना प्रभावले रु तीन लाख बराबरको मात्र केरा बिक्री गरेको बताउनुभयो । यता त्रियुगा नगरपालिका–१ जोगीदहका व्यावसायिक केरा उत्पादक कृषक भुवनेश्वर चौधरी भन्नुहुन्छ, “विसं २०६५ देखि व्यावसायिक केरा खेतीमा लागेको भए पनि हाल आएर प्रायः सबै जग्गामा केरा खेती नै गर्दै आएको छु ।” यस वर्षबाहेक गत वर्षसम्ममा वार्षिक रु पाँचदेखि सात लाखसम्मको केरा उत्पादन गरेर बिक्री गर्दै आएको चौधरी बताउनुहुन्छ ।
बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रमा उत्पादन हुने केरा अहिले जिल्लाको सदरमुकाम गाईघाटसहित सप्तरी जिल्लाको कञ्चनपुर, फत्तेपुरदेखि सुनसरीको इटहरी र धरान बजारसम्म खरिद बिक्री हुने गरेको कृषक बताउँछन् । त्रियुगा नगरपालिकाको साउने खाँबु, राजावाससहित उदयपुरगढी क्षेत्रमा उत्पादन हुने अधिकांश केरा अहिले जिल्ला सदरमुकाम गाईघाटमा नै खरिद बिक्री हुने गरेको स्थानीय कृषक बताउँछन् । विगतका वर्षमा जिल्लामा प्रायः परम्परागतरूपमा उत्पादन हुने केरा झप्री, मर्चे, मुङ्ग्रेजस्ता केरा उत्पादन हुने गरे पनि विसं २०७० पछि जिल्लामा आधुनिक प्रजातिका केरा रोबोस्टा र चिनियाँ चम्पा र जहाजी प्रजातिका केरा बढी उत्पादन हुन थालेपछि केरा उत्पादनमा कृषकको आकर्षण बढ्न थालेको पाइएको छ ।
त्रियुगा नगरपालिकाका अनुसार नगरपालिकाको राजावास, साउने, खाँबु, जोगीदह, मोथ्याइ, खैजनपुर, श्रीपुर र बगाहा क्षेत्रका ५० प्रतिशत कृषक अहिले व्यावसायिक केरा खेतीमा नै पूर्णरूपमा निर्भर हुँदै आएको त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताउनुभयो । नगरको पाँच वडाका ५० प्रतिशत कृषक व्यावसायिक केरा खेतीबाट नै पालिएको त्रियुगा नगरपालिका बताउँछ । यता बेलका नगरपालिका–१ बानडाँडा, वडा नं २ का तपेश्वरी र पुरनदह तथा वडा नं ३ भागलपुर क्षेत्रका ६० प्रतिशत कृषक व्यावसायिक केरा खेतीमा निर्भर हुन थालेको नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा बताउनुहुन्छ ।
प्रमुख थापाका अनुसार अहिले बेलकामा मात्र वार्षिक रु पाँच करोडभन्दा बढीको केरा उत्पादन भई बिक्री हुने गरेको छ । प्रधानमन्त्री कृषि योजना कार्यान्वयनसँगै उदयपुरमा अहिले मुख्य गरेर जिल्लाको तराई क्षेत्रको चारवटा नगरपालिका त्रियुगा, बेलका, चौदण्डीगढी र कटारीलाई केरा खेती विस्तारमा जोड दिएर सोहीअनुसार योजना सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख विश्वकर्माले बताउनुभयो ।
केरा खेतीले व्यापकता पाएपछि जिल्लामा कृषकले न्यूनतम रु एक लाखदेखि आठ लाखसम्मको आम्दानी गर्न सफल भएको कृषकको भनाइ छ । उदयपुरमा व्यावसायिक केरा उत्पादन वृद्धिसँगै यस क्षेत्रको केराले सप्तरी तथा सुनसरी क्षेत्रमा उत्पादन हुने केरा र बजारसँग पूर्ण प्रतिस्पर्धा गर्दै बजार पनि विस्तार हुँदै गएको सम्बद्ध कृषक बताउँछन् । कुनै वर्ष हावाहुरी तथा गभारा लाग्ने कारण केरा उत्पादनमा केही क्षति भोग्न परे पनि उदयपुरमा केरा खेतीले व्यापकता पाएको छ भने यसबाट हुने आम्दानीले कृषकलाई झन् उत्साहित बनाएको छ । यसकारण बर्सेनि ५० हेक्टर जग्गामा केरा खेती विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरको भनाइ छ ।
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ