
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
दमौली । तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं पुनरवलोकन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
यसका लागि मस्यौदा प्रस्ताव तयार गरी आगामी नगरसभामा पेश गर्न आवश्यक गृहकार्य गरी यही माघ २३ गतेभित्र प्रतिवेदन पेश गर्न स्थानीय राजश्व परामर्श समितिलाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन प्रक्रिया २०७७ बमोजिम नगरपालिकामा धान प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि वडा नं ५ र ६ का जग्गा समेट्ने गरी एउटा क्लष्टर र वडा नं ७, ९ र १० का जग्गा समेट्ने गरी अर्को क्लष्टर गरी दुई क्लष्टर निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य साथ वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गरिएको छ । बैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ ।