
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
जाजरकोट । नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाउँका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट–१ रामीडाँडा निवासी ४० वर्र्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारेको जनाइएको छ ।
बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । पालिकाको अनमुतिअनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य ऊर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने जनाउँदै प्रत्येक घरधुरीबाट रु तीन हजार ७५० सङ्कलन गरेका थिए । सोलार र चुलोको मूल्य रु २५ हजार पर्ने भए पनि रु २१ हजार २५० वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै उनीहरुले झुक्याएका बताइएको छ । उनीहरुले नगद बुझेको रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए ।
एउटै वडाबाट रु छ लाखसम्म सङ्कलन भइसकेको स्थानीयवासीको भनाइ छ । नलगाडका १३ वटै वडाबाट र बारेकोटका अधिकांश वडाबाट सङ्कलन गरिएको रकम वडाध्यक्षमार्फत उक्त संस्थालाई बैंकमार्फत पठाउने फाराम भरेको ४५ दिनभित्र सामान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाईलगायतका कुरामा समेत शङ्कास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकाले आफूहरु ठगीमा परेको स्थानीयवासीको भनाइ छ ।
आफ्नो संस्थाको नाम जोडेर रकम सङ्कलन गरिरहेको जानकारी पाएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आइतबार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ । केन्द्रका नायब कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्थासँग सजग रहन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनधिकृतरूपमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्य रहेको दुष्प्रयास गर्दै जाजरकोटलगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य ऊर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम सङ्कलन गरेको जानकारी प्राप्त भएकाले उक्त संस्थासँग यस वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको तथ्य सबै सरोकारवालालाई जानकारी गराउँदछौँ ।”
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी