
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
३घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
६गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
७घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
८आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
९रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
१०आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
११पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५महान्यायाधिवक्ताको विवादास्पद निर्णय
६राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
७पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
८आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
११घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
१२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
दमौली । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जित्नुभएको छ । व्यास–५ मानुङदेखि वडा नं ८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै महताराले जित्नुभएको हो ।
कालीकोट निवासी महतारा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय हुनुभएको थियो । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय हुनुभएको छ । राईले उक्त दूरी तीन घण्टा आठ मिनेट एक सेकेण्डमा र सुनुवारले तीन घण्टा १० मिनेट पाँच सेकेण्डमा पार गर्नुभएको छ । द्वितीय हुने राई गत वर्षका विजेता हुनुहुन्छ ।
म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।
प्रतियोगितामा २० जिल्लाका १८० धावकको सहभागिता थियो । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायत जिल्लाबाट धावक सहभागी रहेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ पुरस्कार प्राप्त गरेका छन् । नगरपालिकाले यस पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।
धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा जाँचविन्दु स्थापना गरिएको थियो । व्यास–४ व्यास रेञ्ज पोष्ट, व्यास –१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल एक हजार ७००, व्यास–८ रिस्ती सोतीबेंसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा जाँचविन्दु स्थापना गरिएको थियो ।
गत वर्ष म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतारा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५महान्यायाधिवक्ताको विवादास्पद निर्णय