
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
म्याग्दी । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर । बेनी नगरपालिका–२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र पर्यटकलाई आकर्षित गर्न थालेको छ ।
करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको चट्टानी पहाडको अवलोकन, पहाडलाई फन्को लगाउन सकिने पैदलमार्गमा यात्रा गर्न र शिरको मन्दिर दर्शन गर्न भक्तजन र पर्यटक आउन थालेका छन् । अलौकिक चट्टानमाथि बनेको मन्दिर अनौठो रहेको मङ्गलाघाटका दीपक बानियाँले बताउनुभयो ।
विसं २०३९ मा काठ र माटोबाट बनेको मन्दिरलाई पुनःनिर्माण र त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिएपछि आकर्षक बनेको छ । डिभिजन वन कार्यालय, बेनी नगरपालिका, जिल्ला मालपोत कार्यालय र चन्दा सहयोग जुटाएर कूल रु १५ लाख ८१ हजार ४६४ को लागतमा मन्दिर पुनःनिर्माण, मूर्ति प्रतिष्ठान र पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय म्याग्दीले रु चार लाख ६४ हजार, बेनी नगरपालिकाले रु दुई लाख ३३ हजार ५५, मालपोत कार्यालयले पूजा खर्चबापत रु १० हजार र बगरको बालुवाबाट रु २० हजार सहयोग प्राप्त भएको थियो । चन्दादाताबाट रु ११ लाख २२ हजार ५७० जुटाइएकामा रु दुई लाख ६८ हजार ४६४ बचत भएको उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताउनुभयो ।
चट्टानको फेदीदेखि शिरमा रहेको मन्दिरसम्म पुग्न दुई तर्फबाट १०० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको छ । पदमार्गको कुनातर्फ भूमे, गणेश, राधाकृष्ण, सीताराम, नाग, महारानी र शिव पार्वतीको मूर्ति राखिएको छ ।
मन्दिर परिसरमा बलि दिने ठाउँ निर्माण र करिब ५० मिटर रेलिङ बनाएर घेराबार बनाइएको छ । बेनी–बरङ्जा सडकदेखि मन्दिर निर्माण भएको चट्टानको फेदीसम्म जोड्ने पदमार्ग र प्रवेशद्वार निर्माणका लागि पहल गरिएको वडासदस्य चन्द्र कुँवरले बताउनुभयो ।
यो चट्टानमाथि बसेर परापूर्वकालमा ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको स्थानीय बूढापाकाले बताएका छन् । दैनिक पूजाआजा हुने मन्दिरमा बडादशैँ र चैतेदशैँको समयमा विशेष मेला लाग्ने र बलि चढाउने गरिन्छ । जिल्ला सदरमुकाम बेनी बजार नजिकै रहेको बगरफाँटको दुर्गा भगवती मन्दिरको महत्व र विशेषताको प्रचारप्रसारमा जोड दिएमा पर्यटन विकासमा सहयोग पुग्ने वडासदस्य कुँवरले बताउनुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु