
१श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
५पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
६पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
७आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
८स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
११टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
किरण पौड्याल
इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो ।
लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेरोमा मूल्य छ । अलैँचीको मूल्य अझै घट्दो क्रममा छ । कुन बेला मूल्य घट्छ वा बढ्छ भन्न सक्ने अवस्था पनि छैन । यसरी अलैँचीको मूल्य अस्थिर हुँदा अलैँची बिक्री गर्ने किसान अलमलमा परेका छन् । यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुनै वर्ष फसल बढेको बेला भाउ घट्ने र फसल बढेको बेला भाउ घट्ने अनभिज्ञ छन् ।
सैद्धान्तिक हिसाबले हेर्ने हो भने किसानकै हातमा अलैँचीको भाउ निर्धारण गर्ने अधिकार हुनुपर्ने हो । वस्तुका मालिक किसान भएकाले वेच्ने मूल्य किसानकै हातमा हुनुपर्ने हो तर यसको ठ्याक्कै उल्टो अरूले निर्धारण गरेको मूल्यमै आफ्नो परिश्रम बेच्नुपर्ने बाध्यतामा किसान छन् । कृषिजन्य वस्तुको बजारलाई हेर्ने हो भने अलैँची मात्र होइन अम्लिसो (कुचो), अदुवा, चिया सबैको स्थिति एउटै छ ।
बजारमा कसैले चलाएको मूल्यकै आधारमा किसान उत्पादन बेच्नुपर्ने बाध्यतामा छन् । समग्रमा अझैपनि किसान वस्तु उत्पादन गर्ने ठाउँमा छन् तर मूल्य निर्धारण गर्ने ठाउँमा छैनन् । अर्थशास्त्रको मूल्य सिद्धान्तलाई हेर्ने हो भने वस्तुको मूल्य माग र आपूर्तिलाई हेरेर निर्धारण गरिन्छ । उत्पादकले उत्पादन लागतभन्दा माथि बजारको माग र आपूर्तिलाई आधार बनाएर वस्तुको मूल्य निर्धारण हुन्छ तर हाम्रा वस्तुको मूल्य निर्धारण भने यसको विपरीत भइरहेको छ । उत्पादन लागतलाई समेत ध्यान नदिइ बजार मूल्य निर्धारण हुने गरेको देखिन्छ । वस्तुको लागत नै निर्धारण नगरिने भएकाले वस्तुमा लागेको परिश्रम, तयारी खर्च वा अन्य मूल्य नजोडिने समस्या छन् ।
यसैले कुनै दिन उत्पादित वस्तुको लागत मूल्यभन्दा कममा वस्तु बेच्नुपर्ने बाध्यता आउन सक्ने अनुमान चिया व्यवसायी कमल मैनालीको छ । चियाको मुख्य बजार भारत हो । भारतले राखिदिएका मूल्यमै नेपाली किसानले चिया बेच्न बाध्य छन् । चियाको बजार मूल्य निर्धारणमा किसान होइन, नेपाली व्यवसायीको समेत संलग्नता रहदैन । मैनालीका अनुसार हामीले उत्पादन गरेको चियाको लागत मूल्य निर्धारण नभएकाले पनि जतिसुकै मूल्यमा बेच्नु पर्ने बाध्यता छ । उहाँका अनुसार लागत मूल्य नै निर्धारण नहुनाले किसानले सीमित(तोकिएको) बजारमा चलेकै बजारमा चिया बेच्नुपर्ने बाध्यता छ ।
“हामी यथास्थिति धरातलमा छौ । हामीले चिया बेच्नुपर्ने पनि छ तर कम मूल्य छ ।” मैनालीले भन्नुभयो, “यसलाई चिर्नका लागि हामीले उत्पादनको लागत मूल्य निर्धारण गरेर बजार भाउ तोक्नुपर्छ । अनि बजारमा वस्तु पु¥याउनु पर्छ ।” चियाकै जस्तो समस्या अन्य कृषिजन्य वस्तुको बजारमा पनि छ । बजारकै अभावका कारण कम मूल्यमा अलैँची बेच्नु परेको अलैँची व्यवसायी निर्मल भट्टराईको तर्क छ । भारत नै अलैँचीको मुख्य बजार भएकाले उसैले राखेको मूल्यमा किसान र स्वदेशी व्यवसायीले अलैँची बेच्नु पर्नेछ ।
“हामीले हाम्रो उत्पादन बेच्नै पर्ने बाध्यता हुन्छ । त्यसैले हामी भारत गुहार्छौ ।” भट्टराईले भन्नुभयो,“भारत हाम्रो (नेपाल)को मात्र होइन, भुटान जस्ता देशको पनि बजार हो । त्यसैले मूल्य निर्धारण गरिदिन्छ ।” भट्टराईका अनुसार अलैँचीको मूल्य वार्षिक वा मासिक रूपमा घटबढ हुने मात्र होइन दिनमै पनि फरक फरक हुनसक्छ । एकदमै अस्थिर बजारमा नेपाली किसानले अलैँची बेच्नुपर्ने बाध्यता छ । भट्टराईका अनुसार नेपाल सरकारले वस्तुको उत्पादनको प्रवद्र्धन गर्न नसक्दा यो समस्या आएको हो ।
“हामीसँग यो सम्बन्धी नीति नै छैन । सरकारले नयाँ बजार खोज्नु पर्ने हो तर यस्तो कहिल्यै हुन सकेन ।” चियाकै जस्तो अलैँचीको मूल्यपनि लागत मूल्यभन्दा कममा बेच्नुपर्ने दिन आउन सक्ने खतरा रहेको भट्टराईको सङ्केत छ । “वस्तुको मूल्य मात्र हेरफेर गरिदैन । वस्तुको भाउ घटाउन लामो समय होल्ड राख्ने समस्या पनि छ ।” अलैँची व्यवसायी भट्टराईले भन्नुभयो,“एकैचोटी किनेर लामो राखिदिने अनि नकिन्ने बाध्यता समेत छ । भारतले नेपाली किन्नका लागि पनि अनेक तिकडम गर्ने गर्छ । कृषिजन्य सामग्री वोकेका ट्रक नै सीमाबाट भारत पर्न रोक समेत लाउने गरेको छ ।
नेपाली व्यवसायीको जोडबलले ट्रक नाका कटाउनु पर्ने अवस्था रहेको छ । भारतले नेपाली सामग्री किन्न नचाहदा पनि किनिदिनु पर्ने बाध्यता रहेकाले मूल्य निर्धारण समेत भारतले नै गर्ने गरेको अदुवा तथा अलैँची व्यवसायी मात्रिका घिमिरेको भनाई छ । घिमिरेका अनुसार नेपाली वस्तुको कम गुणस्तरीय हुनाले पनि भारतले मनोमानी ढङ्गले मूल्य निर्धारण गरेको हो । विशेषगरी नेपालबाट जाने अदुवा अन्य कृषिजन्य वस्तुको तुलनामा कम गुणस्तरीय मानिन्छ । किसानले बजार हेर्ने भएकाले माटोसहितको अदुवा समेत बेच्ने गरेका छन् । वस्तुको गुणस्तर कायम गर्न सकेमा बजार आफै निर्माण हुँदै जाने घिमिरेको तर्क छ । अन्य वस्तुको जस्तै अदुवाको पनि भाउ एकदर छैन ।
यसको प्रत्यक्ष मारमा किसान परिरहेका छन् । यता लागत मूल्य बढ्ने तर बजार मूल्य घट्दै जाने गरेकाले कृषि व्यवसाय ठूलो मारमा परेको छ । वस्तुको मूल्य निर्धारणका लागि सरकारले चाँडो काम शुरु गर्नुपर्ने कृषिविज्ञ डा. योगेन्द्रमान श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार वस्तुको मूल्य सरकार, उत्पादनकर्ता र उपभोगकर्ताले गर्ने हो तर नेपालमा भने उपभोगताले मात्र मूल्य निर्धारण गर्दा बजार अस्तव्यस्त बनेको हो । “हामीले गुणस्तरीय वस्तु निर्माण गर्ने हो । अनि किन्न आउनका लागि अरूलाई निर्धारण गर्ने हो ।” डा. श्रेष्ठले भन्नुभयो,“वस्तुको लागत मूल्य निर्धारण गर्ने अनि बजारलाई आह्वान गर्न सरकारले अभिभावकत्व गर्नुपर्छ ।” सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको सुझाव छ । नेपाली चिया कम गुणस्तरीय भएको वा भारतको रणनीति हो भन्न तथ्य बाहिर आउनुपर्ने सरोकारवालाहरु बताउँछन् ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर