
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
लमजुङ । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रह्मा मा.विको ५९ औं बार्षिक उत्सव तथा ६० औं अभिभावक सम्मेलनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले आफूले पढेको सो विद्यालयमा बषौंपछि उपस्थित हुन पाउँदा एकदमै खुशी लागेको बताउनुभयो । प्रमुअ अतिथि बरालले सो विद्यालयको गुणस्तर बढाउन आवश्यक सहयोग गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रअ सूर्यप्रसाद बरालले विद्यालयको प्रगति प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक उत्सवको अवसरमा रुद्रनाथ बराल अक्षयकोष, गणेशनिधी अक्षयकोष, आर्जन वाग्ले अक्षयकोषको व्याजबाट आएको रकमले विद्यालयका ३१ जना गरिव, जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृद्धि प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल यशोब्रह्म माविको बार्षिक उत्सव तथा अभिभावक दिवसमा आफ्नो मन्तव्य राख्नु हुँदै ।
त्यस्तैगरी यस विद्यालयका पूर्व सदस्य तथा हाल सल्लाहकार श्रीकान्त घिमिरेले आफ्नो स्व. पिता र दुई आमाहरुको नाममा ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको छ । त्यस्तै विद्यालयबाट २०७५ सालको एस.इ.इ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
बार्षिक उत्सवको अवसरमा बुद्धिजिवी पूर्व शिक्षक लक्ष्मी प्रसाद घिमिरेले १ लाख १ सय ५ रुपैयाँको लक्ष्मीइन्द्र अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयका संस्थापक धनमाया बरालले आफ्ना स्वर्गीय पति डिल्लीराज बरालको स्मृतीमा १ लाख १ सय ५रुपँैयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।

त्यसैगरी अभिभावक तथा समाजसेवी हरिबहादुर दनाईले २० हजार १ सय १ रुपैयाँ, पूर्व शिक्षक तथा अभिभावक सोमराज बरालले ११ हजार १ सय ११ रुपैँया, अभिभावक तथा समाजसेवी सुकदेव बरालले १० हजार १ सय ५ रुपैयाँ, समाजसेवी धनन्जय घिमिरे १० हजार १ सय ५५ रुपैयाँ, विद्यालयका शिक्षक विकास भूजेलले १० हजार १ सय ५ रुपैयाँ र शिक्षक कुलदिप दुलालले १० हजार १ सय ५ रुपैयाँ प्रदान गरी विशिष्ट आजिवन सदस्य बन्नुभएको छ ।
सो कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थी किरण अधिकारीले आफैंले निमार्ण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स आफैंले चलाएर ल्याई प्रर्दशन गर्नुभएको थियो ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थी किरण अधिकारीले आफैंले निमार्ण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स ।
नेपाल सरकारका सहसचिव महेश बरालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमका विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य श्रीकान्त घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालका पूर्व अध्यक्ष हरीप्रसाद बराल, राष्ट्रिय लोक कला प्रष्ठिानका अध्यक्ष पुरुषोत्तम न्यौपाने, विद्यालयका पूर्वअध्यक्ष अम्बिकाप्रसाद घिमिरे, नेपाल रेडक्रस सोसाइटी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद घिमिरे, विद्यालयका उपज दिपक घिमिरे, समाजसेवी सूर्यकान्त वाग्ले, अभिभावक हरीबहादुर दनाई, उषा बराल, विद्यार्थी समिक्षा बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्नु पर्नेमा जोड दिएका थिए ।
वार्षिक उत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै आन्तरिक खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक कला प्रष्ठिानका अध्यक्ष पुरुषोत्तम न्यौपानेले विभिन्न लोकगीत मार्फत् रमाईलो प्रदान गर्दै विभिन्न जातजातिका आफ्नै मौलिक संस्कृति र परम्पराको रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक अरुण बरालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिभाका धनी किरण : कक्षा ९ मा अध्ययनरत विद्यार्थी किरण अधिकारीले आफैंले निमार्ण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स । विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा किरणले सबैलाई चकित पार्दै आफैंले निर्माण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स चलाएर कार्यक्रम स्थलमा प्रर्दशन गर्नुभएको थियो । तस्विरः सिर्जना घिमिरे
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने