
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले माग गरेका छन् । नेपाल वन प्राविधिक कर्मचारी सङ्घका पदाधिकारीले आज वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटी वैज्ञानिक वन परिमार्जन गरी लागू गर्न आग्रह गरेका छन् । मन्त्रीसँगको भेटघाटका क्रममा उक्त टोलीले वैज्ञानिक वनका नाममा देशका विभिन्न वनमा गलत कार्य भएको पाइएकाले त्यस्ता ठाउँमा कारवाही गरी गलत नभएका ठाउँमा काम सञ्चालन गराउन माग गरेको छ ।
विसं २०७१ मा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्य तत्काल आएर खारेज गर्दा समस्या उत्पन्न हुने तथा विभिन्न विदेशी कम्पनी पनि काम छोडेर फिर्ता जाने भएकाले नेपालको राजश्व घाटा हुने स्थिति आएकाले उक्त कार्यमा केही पुनःविचारसहित परिमार्जित ढङ्गबाट लागू गर्न वन प्राविधिक कर्मचारी सङ्घका पदाधिकारीको माग रहेको छ । तत्कालै वैज्ञानिक वन व्यवस्थापन खारेज गरिए देशभरीका कम्तीमा २२ हजार सामुदायिक वनलाई समस्या हुने सो कार्यक्रममा जानकारी दिइयो ।
सो अवसरमा मन्त्री आलेले वैज्ञानिक वनका नाममा गलत गरेका ठाउँमा कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “वैज्ञानिक वनका नाममा कहाँ कहाँ गलत भएको छ छानविन हुँदैछ, गलत गर्नेलाई क्षमा दिन सकिँदैन ।”
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम राम्रो भए पनि केही तत्वका कारण अहिले आएर उक्त कार्य गलत सावित हुँदै आएकोसमेत मन्त्री आलेले जानकारी गराउनुभयो । ‘हरियो वन नेपालको धन’ भन्ने नीति नियमअनुसार सबै सामुदायिक वनका पदाधिकारी, वन कर्मचारीले लाग्नु पर्नेसमेत मन्त्री आलेले बताउनुभयो । राष्ट्रपति चुरे संरक्षणमा समेत वैज्ञानिक वन लागू भएका कारण झनै समस्या भएको मन्त्री आलेको भनाइ थियो । उहाँले थप भन्नुभयो, “चुरे संरक्षण गर्ने क्षेत्रमा समेत वैज्ञानिक वन लागू भएको छ, जो आफँैमा दुःखद् कुरो यो, यस्ता कार्यलाई निरुस्ताहित गरिनेछ ।” देशभरिमा रहेका कूल २१ हजार ७५५ वटा सामुदायिक वनमध्ये जम्मा ७६६ सामुदायिक वनमा मात्रै वैज्ञानिक वन व्यवस्थापन लागू भएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने