
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
११रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
काठमाडौँ। लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २८.४६ विन्दुले वृद्धि भई नेप्से दुई हजार ३१५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.१७ विन्दुले वृद्धि भई ४४३.४२ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर रु छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ मूल्यमा खरीदबिक्री भए । आजको वृद्धिसँगै बजार पूँजीकरण रु ३१ खर्ब १८ अर्ब २९ करोड ५४ लाख बराबर पुगेको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । कूल ११ उपसमूहको शेयर उकालो लाग्दा व्यापार, जीवन बीमा र लघुवित्त उपसमूहमा भने उल्लेख्य वृद्धि देखिएको छ । जलविद्युत् ७.२ ले ओरालो लाग्दा बैंकिङ १.०१, व्यापार २३२.९७, होटेल १६.८७, विकास बैंक ११०.०१, वित्त २५.०१, निर्जीवन बीमा ७८.०५, उत्पादन ४९.८२, अन्य ६०.७६, लघुवित्त ११५.५५, जीवन बीमा २२१.०१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १० लाख १२ हजार ६६ बराबरको कारोबार भयो । यस्तै एनआइसी एसिया बैंक रु २२ करोड ९० लाख २४ हजार ८७९, सिभिल बैंक रु २० करोड ९९ लाख सात हजार ६९६, नेपाल पुनर्बीमा कम्पनी रु १८ करोड ६९ लाख ९७ हजार ८६८, नेको इन्सुरेन्स कम्पनी रु १७ करोड १० लाख पाँच हजार ३७३, नेपाल बङ्गलादेश बैंक रु १५ करोड ८४ लाख ९३ हजार ६१४, प्रभु बैंक रु १५ करोड ६५ लाख ६१ हजार ७५८, नेपाल लाइफ इन्सुरेन्स रु १४ करोड ९० लाख ९३ हजार ८५१ र एभरेष्ट बैंक रु १२ करोड ४२ लाख सात हजार ७८१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबार भएकामध्ये कूल ११८ कम्पनीको शेयरमा वृद्धि भएको छ भने ५२ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, गुराँस लघुवित्त ९.९८, नारायणी डेभलपमेन्ट बैंक ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९७, सामुदायिक लघुवित्त ९.९७, प्रभु लाइफ इन्सुरेन्स ९.९६, किसान लघुवित्त ९.९५, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९३, आरम्भ चौतारी लघुवित्त ९.९२ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।
यसैगरी युनाइटेड फाइनान्स ५.७१, मिर्मिरे लघुवित्त ३.११, नेपाल एसबिआई बैंक २.७९, रसुवागढी हाइड्रोपावर २.५८, साञ्जेन जलविद्युत् कम्पनी २.०६, शिवश्री हाइड्रोपावर २, एनआइसी एसिया ऋणपत्र १.९६, सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८६ प्रतिशतले गुमाए ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ