
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
नवीन लामिछाने
मनाङ। जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो ।
हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढमहिना भयो । स्थानीय खान्की नै बोकेर जङ्गल आगो निभाउन पसेका थिए ।
पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मङ्सिर ११ गतेदेखि शुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो ।
वडा नं ८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताउनुभयो । अहिले बस्ती सुरक्षित छ । “वन र वन्यजन्तु जोगाउन सकिएन ।”उहाँले भन्नुभयो । यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी सङ्कलन क्षेत्रसमेत रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
घरबाटै अन्नपानी बोकेर स्थानीयवासी गत मङ्गलबारबाट आगलागी भएको क्षेत्रमै खाना पकाएर खाँदै आगो नियन्त्रणमा जुटेका थिए । यसअघि स्थानीयवासी मात्रले आगलागी नियन्त्रणको प्रयास गर्दै आएका थिए । मङ्गलबारबाट आगलागी नियन्त्रणमा स्थानीयवासीसँगै सुरक्षाकर्मी र प्रशासनका प्रतिनिधि पनि सहभागी बनेका थिए ।
‘फायर लाइन’ बनाएर नियन्त्रण
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको प्रयासमा ‘फायर लाइन’ बनाएर नियन्त्रणको प्रयास थालिएको थियो ।
फायर लाइन निश्चित आगो थप फैलन नपाओस् भनेर निश्चित क्षेत्रमा आगो लगाएर आगो फैलन नदिने प्रविधि हो ।
के हो अग्निरेखा
आगोलाई नियन्त्रण गर्न निर्माण गरिने आगोको घेरालाई नै अग्नि रेखा भनिन्छ । यहाँ पनि सेना, सशत्र प्रहरी र स्थानीयवासीले आगो आएको ठाउँतिर करीव १०० मिटर वरबाट आगो अएको दिशा तर्फ आगो लगाएर आगो नियन्त्रण लिएका हुन् । यसरी अग्निरेखा निर्माण गर्दा दुबै तर्फको आगोको भेट हुने र बढी क्षेत्रमा फैलना नपाउने अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।
उहाँले भौगोलिक जोखिम र स्रोत साधनको अभावमा तत्काल ‘फायर लाइन’को विकल्प नभएको बताउनुभयो । एक्यापको संरक्षकत्वमा रहेको जङ्गलको सात सय हेक्टर वन जलेर सखाप भएको छ । स्रोतसाधन अभाव र समयमा प्रशासनको बेवास्ताका कारण लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीको गुनासो छ ।
सशस्त्रको विपद् व्यवस्थापन टोलीको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी उपरीक्षक होमनाथ पन्थी यस क्षेत्रको आगलागी नियन्त्रण मानवीय स्रोतबाट मात्र सम्भव नरहेको हुनाले आवश्यक सामाग्रीको व्यवस्थापन हुनुपर्ने बताउनुभयो । मानव बस्तीदेखि घरपालुवा जनावरको सुरक्षा र आवश्यक चरण क्षेत्रको सुरक्षाका लागि तत्काल जोगाउन सफल भए पनि वन क्षेत्र भने जोकाउन नसक्नु भौगोलीक बिकटता र स्रोत साथानको अभाव भएको उहाँले जानकारी दिनुभयो ।
जोगिएन वन
भौगोलिक विकटता र प्रशासनको समयमा ध्यान नपुग्दा यस क्षेत्र अन्तर्गतका महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने भएका छन् । यस क्षेत्र अन्तर्गत निरमसी, पाँच आंैले, जटामसी, कुट्कीलगायतका जडीबुटी डढेलोले सखाप पारेको छ । घोराल, झारल कस्तुरी मृगलगायत महत्वपूर्ण वन्यजन्तुको बास्थानसमेत हराएको छ । कति मरे र कती घाइते छन् भन्ने एकीन छैन । ठूलो परिणममा आगजानी हुँदा यस क्षेत्रका महत्पूर्ण जीवजन्तु लोपहुने अवस्था देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।
हाल आगो पूर्णरुपमा नियन्त्रण नभएसम्म अन्नपूर्ण संरक्षण क्षेत्रले हेरालु राखेको छ भने जिल्ला प्रसासनले दैनिक निगरानी राखेको प्रजिअ लामिछानेले बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की