
१रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
७तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
८लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
९उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
नवीन लामिछाने
मनाङ। जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो ।
हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढमहिना भयो । स्थानीय खान्की नै बोकेर जङ्गल आगो निभाउन पसेका थिए ।
पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मङ्सिर ११ गतेदेखि शुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो ।
वडा नं ८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताउनुभयो । अहिले बस्ती सुरक्षित छ । “वन र वन्यजन्तु जोगाउन सकिएन ।”उहाँले भन्नुभयो । यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी सङ्कलन क्षेत्रसमेत रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
घरबाटै अन्नपानी बोकेर स्थानीयवासी गत मङ्गलबारबाट आगलागी भएको क्षेत्रमै खाना पकाएर खाँदै आगो नियन्त्रणमा जुटेका थिए । यसअघि स्थानीयवासी मात्रले आगलागी नियन्त्रणको प्रयास गर्दै आएका थिए । मङ्गलबारबाट आगलागी नियन्त्रणमा स्थानीयवासीसँगै सुरक्षाकर्मी र प्रशासनका प्रतिनिधि पनि सहभागी बनेका थिए ।
‘फायर लाइन’ बनाएर नियन्त्रण
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको प्रयासमा ‘फायर लाइन’ बनाएर नियन्त्रणको प्रयास थालिएको थियो ।
फायर लाइन निश्चित आगो थप फैलन नपाओस् भनेर निश्चित क्षेत्रमा आगो लगाएर आगो फैलन नदिने प्रविधि हो ।
के हो अग्निरेखा
आगोलाई नियन्त्रण गर्न निर्माण गरिने आगोको घेरालाई नै अग्नि रेखा भनिन्छ । यहाँ पनि सेना, सशत्र प्रहरी र स्थानीयवासीले आगो आएको ठाउँतिर करीव १०० मिटर वरबाट आगो अएको दिशा तर्फ आगो लगाएर आगो नियन्त्रण लिएका हुन् । यसरी अग्निरेखा निर्माण गर्दा दुबै तर्फको आगोको भेट हुने र बढी क्षेत्रमा फैलना नपाउने अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।
उहाँले भौगोलिक जोखिम र स्रोत साधनको अभावमा तत्काल ‘फायर लाइन’को विकल्प नभएको बताउनुभयो । एक्यापको संरक्षकत्वमा रहेको जङ्गलको सात सय हेक्टर वन जलेर सखाप भएको छ । स्रोतसाधन अभाव र समयमा प्रशासनको बेवास्ताका कारण लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीको गुनासो छ ।
सशस्त्रको विपद् व्यवस्थापन टोलीको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी उपरीक्षक होमनाथ पन्थी यस क्षेत्रको आगलागी नियन्त्रण मानवीय स्रोतबाट मात्र सम्भव नरहेको हुनाले आवश्यक सामाग्रीको व्यवस्थापन हुनुपर्ने बताउनुभयो । मानव बस्तीदेखि घरपालुवा जनावरको सुरक्षा र आवश्यक चरण क्षेत्रको सुरक्षाका लागि तत्काल जोगाउन सफल भए पनि वन क्षेत्र भने जोकाउन नसक्नु भौगोलीक बिकटता र स्रोत साथानको अभाव भएको उहाँले जानकारी दिनुभयो ।
जोगिएन वन
भौगोलिक विकटता र प्रशासनको समयमा ध्यान नपुग्दा यस क्षेत्र अन्तर्गतका महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने भएका छन् । यस क्षेत्र अन्तर्गत निरमसी, पाँच आंैले, जटामसी, कुट्कीलगायतका जडीबुटी डढेलोले सखाप पारेको छ । घोराल, झारल कस्तुरी मृगलगायत महत्वपूर्ण वन्यजन्तुको बास्थानसमेत हराएको छ । कति मरे र कती घाइते छन् भन्ने एकीन छैन । ठूलो परिणममा आगजानी हुँदा यस क्षेत्रका महत्पूर्ण जीवजन्तु लोपहुने अवस्था देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।
हाल आगो पूर्णरुपमा नियन्त्रण नभएसम्म अन्नपूर्ण संरक्षण क्षेत्रले हेरालु राखेको छ भने जिल्ला प्रसासनले दैनिक निगरानी राखेको प्रजिअ लामिछानेले बताउनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा