
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् ।
गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न पाउँदा सानैदेखिको रुचि र इच्छा पूरा भएको विद्यार्थी आयुष आचार्यले बताउनुभयो । “इलेक्ट्रिकल पढ्ने मेरो सानैदेखिको रुचि थियो”, उहाँले भन्नुभयो, “गाउँकै स्कूलमा पढ्न पाउँदा खुशी लागेको छ ।” प्राविधिक विषय पढ्न घर छाडेर जानुपर्ने बाध्यता हटेकामा कक्षा ९ की छात्रा आयुषा हर्मेलले खुशी व्यक्त गर्नुभयो । यसअघि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न म्याग्दीको नारच्याङस्थित प्रभा मावि, पोखरा, बुटवल, काठमाडौँ र चितवन जानुपर्ने थियो ।
इलेक्ट्रिकल इञ्जिनीयरिङ जलविद्युत् र विद्युत् आयोजनासँग सम्बन्धित छ । यो विषय व्यवहारिक र रोजगारमूलक हो । कक्षा १२ सम्म यो विषय पढ्ने विद्यार्थीले विज्ञान र अन्य विधाको इञ्जिनीयरिङ पढ्न पाउँछन् । नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय साधारण कक्षा सरहकै हुन्छ । साधारणका अलावा इलेक्ट्रिकल इञ्जिनीयरिङ, बेसिक इलेक्ट्रोनिक, इलेक्ट्रिकल एप्लिकेशन एण्ड मेन्टिनेन्स, इञ्जिनीयरिङ ड्रोइङ, कम्प्युटर एप्लिकेशन र वर्कसप टेक्नोलोजी विषयको पनि पठनपाठन हुने गरेको छ । ४८ जनाको कोटा भएको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय अध्ययनका लागि कक्षा ९ मा २२ जना भर्ना भएका प्रअ ओमकार पौडेलले बताउनुभयो ।
“कोरोना महामारीको जोखिमका कारण यस वर्ष पालिका बाहिरका विद्यार्थी आउन सकेनन्”, उहाँले भन्नुभयो, “अर्को वर्ष छिमेकी पालिका र जिल्लाका विद्यार्थीलाई पनि भर्ना गराउन पहल गरेका छौँ ।” कक्षा ११ उत्तीर्ण गरेपछि डिप्लोमा इन इञ्जिनीयरिङसरह र १० उत्तीर्ण गर्नेले टेक्निसियनसरहको योग्यता पाउँछन् । शिक्षा मन्त्रालयले यस वर्ष एक प्रशिक्षक र एक सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराएको छ । प्रतिकक्षा दुईका दरले प्रशिक्षक र सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराउने नीति छ ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ताकम माविलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेर छात्रावास, प्रयोगशाला र कक्षाकोठा भवनलगायत पूर्वाधार निर्माण शुरु गरेको उहाँले बताउनुभयो । प्राविधिक कक्षाको अनुमतिसँगै विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार तयार पारेको छ । विसं २०११ मा स्थापना भएको ताकम माविले आधारभूत तहको १–५ कक्षा सञ्चालनका लागि स्थायी स्वीकृति पाएको छ । स्थानीय स्रोत जुटाएर कक्षा १० सम्म पठनपाठन गराएको हो ।
दिच्याममा विद्युतीकरण
म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । साविक दरवाङ गाविसको ७, ८ र ९ वडामा पर्ने दिच्यामको सबै बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएको हो । यसअघि साविक ९ नं वडाको बस्तीमा बलेको बिजुली वडा नं ८ को बस्तीमा पनि विस्तार गरिएको वडा सदस्य कर्णबहादुर रोकाले बताउनुभयो ।
साविकको वडा नं ७ को बस्तीमा एक वर्षअघि नै बिजुली बलेको थियो । बाँकी ७९ घरमा पनि विद्युतीकरण भएपछि दिच्यामका सबै बस्तीमा बिजुली बलेको वडा सदस्य रोकाले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको योजनाअनुसार विद्युतीकरण भएको हो । दिच्याममा विद्युत् विस्तार गर्न दुई ट्रान्सफर्मर राखिएको छ । दरवाङबाट गोगनपानी हँुदै दिच्याम विद्युत् लाइन विस्तार गरिएको हो । यसअघि दिच्यामका बासिन्दाले उज्यालोका लागि सोलार, पेल्ट्रिक सेट र टुकी बाल्ने गरेका थिए ।
विद्युत् सुविधासँगै स्थानीयवासीको दैनिकीमा सुधार आउने र जनजीवन सहज बन्ने अपेक्षा गरिएको दिच्यामको भगवती आधारभूत विद्यालयका प्रअ जगत खत्रीले बताउनुभयो । विद्युत् सुविधा भएपछि टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, घरायसी काम गर्न, विद्यार्थीलाई पढ्न सहज भएको छ । कम्प्युटर, ल्यापटप चलाउन सजिलो भएको छ । सूचना प्रविधिमा पनि पहुँच बढेको छ । दाउराको विकल्पमा राइसकुकरमा खाना पकाउने सुविधा भएको छ । धँुवाबाट बच्ने र समयको बचत भएको छ । बिजुलीको झिलीमिल भएपछि दिच्यामवासीमा खुशीयाली छाएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर