
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
दमौली । तनहुँको व्यास नगरपालिका–५ चुँदेरका विष्णुमाया थापा सबेरै उठेर पानीको जोहो गर्न कुवा पुग्नुहुन्छ । पैसठ्ठी वर्षीया थापाको यो नियमित दैनिकी बनिसकेको छ । गाउँमा खानेपानीको चरम अभाव भएपछि थापासँगै यस ठाउँका अन्य महिला पनि खोल्सामा रहेको कुवामा पानी लिन पुग्छन् ।
सदरमुकाम दमौलीबाट करिब १२ किमी दूरीमा अवस्थित छ चुँदेरगाउँ । सदरमुकाम नजिकै भए पनि यस ठाउँमा अहिलेसम्म खानेपानी सुविधा पुगेको छैन । “वर्षौँदेखि खानेपानीको समस्याले हामीलाई साह्रै गाह्रो भएको छ, झिसमिसेमै पानी ल्याएपछि मात्र अन्य काम शुरु गर्न पाइन्छ”, उहाँले भन्नुभयो ।
खानेपानीको समस्याकै कारण यहाँका बासिन्दा बेँसी झरेको थापाले जानकारी दिनुभयो । “पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेँसी झर्नुभयो, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही छौँ”, उहाँले भन्नुभयो ।
स्थानीयवासी राममाया सुवेदीले खानेपानीको वैकल्पिक व्यवस्था नभएपछि खोल्सा, कुवाको पानी वर्षौँदेखि प्रयोग गर्न बाध्य हुनुपरेको बताउनुभयो । “घरभन्दा केही तल जङ्गलको खोल्सा र कुवामा रहेको पानी बोकेर ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यस ठाउँको पानी प्रयोग गर्दा कहिलेकाँही बिरामी पनि हुने गरेका छौँ ।”
रोटरी क्लबको सहयोगमा यस गाउँमा खानेपानी आयोजना निर्माण शुरु भएपछि भने यहाँका स्थानीयवासी हर्षित छन् । सदरमुकामबाट नजिकै रहेर पनि खानेपानीको अभाव झेल्नुपरेको गाउँमा खानेपानी योजना निर्माण शुरु भएसँगै खुशीयाली छाएको स्थानीयवासी अमरबहादुर थापाले बताउनुभयो ।
अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण शुरु भएको छ । वर्षौँदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका बासिन्दाका घर–घरमा खानेपानी पुर्याउने उद्देश्यसहित रोटरी चुँदेर खानेपानी योजनाको शिलान्यास गरिएको छ ।
उक्त ठाउँमा रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण हुनलागेको हो । रोटरी क्लब अफ दमौलीको सक्रियतामा उक्त ठाउँमा खानेपानी योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । “उक्त ठाउँको खानेपानी समस्याबारेमा जानकारी पाएपछि स्थलगत सम्भाव्यता अध्ययन गर्यौँ, अध्ययनले उक्त ठाउँमा खानेपानी योजना निर्माण गर्न सम्भव रहेको देखिएपछि योजनाको काम थालेका हौँ”, रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले भन्नुभयो ।
खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेटले रु ८४ लाख ८१ हजार ६६७ सहयोग गरेको छ । त्यस्तै रोटरी क्लब अफ दमौलीले रु तीन लाख ४२ हजार सहयोग गरेको छ । बाँकी रकम व्यास नगरपालिकाले व्यहोर्नेछ । खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको थियो ।
व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डाँडामा बस्ती र मुहान तल रहेका कारण चुँदेरमा वर्षौँदेखि खानेपानी समस्या रहँदै आएकामा योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज हुने बताउनुभयो । खानेपानी योजनाबाट व्यास–५ स्थित चुँदेर, रानीटारी र नेपालटारका २२९ घरका एक हजार १०८ घरपरिवार लाभान्वित हुनेछन् । उक्त योजनाबाट २० घर दलित, १२१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको छ । एक घण्टामा १० हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीनवटा मुहान मर्मत गर्नुपर्ने देखिएको छ । चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानीटारीमा पानी वितरण गर्ने योजना छ । दुई महिनाभित्र खानेपानी योजना सम्पन्न गरेर घरघरमा धारामार्फत पानी पुर्याइने इञ्जिनीयर प्रकाश शर्माले जानकारी दिनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार