
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
सानेबहादुर नेपाली
तनहुँ । भूकम्प गएको पनि झण्डै पाँच वर्ष बित्न लाग्यो, तर जोखिम वर्गका भूकम्पपीडितको सपना भने अझै पूरा हुन सकेको छैन । विसं ०७२ वैशाख १२ गते दिउँसो गएको विनाशकारी भूकम्पले तनहुँका जोखिम वर्गका भूकम्पपीडितको नयाँ घर निर्माण हुन सकेको छैन ।
तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । विनाशकारी भूकम्पपछि घरविहीन अवस्थामा पुगेका ती लाभग्राहीको समस्या समाधानको लागि पहल कदमीसमेत हुन नसकेको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रुपमा लिने गरिएको छ ।
छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका जिल्लामा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यस्ता घर निर्माण गरिदिए पनि यस जिल्लामा त्यस्ता संस्था नहुँदा घर बन्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताउनुभयो । सरकारको सूचीमा भूकम्पबाट अति प्रभावित जिल्लाका रुपमा तनहुँ जिल्ला नपरेकाले त्यस्ता लाभग्राहीलाई सहयोग गर्न गैरसरकारी संस्था आउन नसकेको उहाँले बताउनुभयो । कतिपय लाभग्राहीसँग रकम भए पनि हेरचाह गरिदिने, पसलबाट किनेर ल्याइदिने जनशक्ति नहुँदा उनीहरुले नयाँ घर निर्माण सकिरहेका छैनन् । एकाइ प्रमुख गुप्ताले भन्नुभयो, “स्थानीय पालिकासँग समन्वय गरी उनीहरु घर बनाउन पहल कदमी भइरहेको छ ।”
प्राधिकरणले यस्ता जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनःनिर्माणका लागि थप रु ५० हजार अनुदान दिने व्यवस्था गरेको छ । रकम नपुगेर आवास पुनःनिर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान रकम उपलब्ध गराइने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । भूकम्पबाट तनहुँमा १५ हजार ९६३ लाभग्राहीमध्ये नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु