
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिनुभयो ।
आगामी जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने आयोजनाका इञ्जिनीयर चिरञ्जीवी खड्काले बताउनुभयो । “चिसो समय भएकाले कालोपत्रका लागि फागुन–चैत कुर्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो, “सम्याउने, ग्राभेल गर्नेजस्ता काम एक महिनामा सकिन्छ ।” ठेकेदार कम्पनीले बलेवा र पर्वतको मोदीखोलामा पनि क्रसर मेसिन राखेर गिटी, ग्राभेल बनाइरहेको उहाँले बताउनुभयो ।
विमानस्थलमा ६२० मिटर लामो पक्की नाली बनाउने, मैदानमा एक हजार ५०० मिटर लामो घेराबार लगाउने, एउटा मुख्य ढोका र अर्को आपत्कालीन ढोका बनाउने काम अहिले भइरहेको छ । दमकल र एम्बुलेन्स सेवाका लागि आपतकालीन ढोका प्रयोग हुनेछ । विमानस्थलका सबै पूर्वाधार बनाउन पहिलेको लागत इस्टिमेटमा संशोधन गरेर केही काम थपिएको व्यवस्थापक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “काम थपिए पनि समय थप्दैनौँ”, जेठ मसान्त नै अन्तिम हुने र सो समयमा सबै काम सम्पन्न हुने उहाँको भनाइ छ ।
मैदान सम्याउने क्रममा टावर र पाकिङस्थलमा झण्डै ६० मिटर लम्बाइ र २४ मिटर चौडाइमा छ मिटर अग्लो पर्खाल, भ¥याङ र ¥याम्प बनाउनुपर्ने भएको उहाँले बताउनुभयो । त्यसका लागि समयमै माग पठाएकाले प्राधिकरणले पनि छिट्टै संशोधन गरेर पठाउने तयारी गरेको इञ्जिनीयर मीनराज ओझाले जानकारी दिनुभयो । “सडक र अन्य क्षेत्रमा जस्तो ठेकेदारबाट अप्ठ्यारो परेको छैन, बरु उनीहरु पनि समयमै सक्ने लक्ष्यमा काम गरिरहेका छन्”, ओझाले भन्नुभयो, “समयमै काम सकेर हामीले नियमित जहाज उडाउने योजना पनि बनाएका छौँ”, प्राधिकरणले ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनी’ सँग सम्झौता गरेपछि ठेकेदारले रु आठ करोड २४ लाख ३४ हजारमा विमानस्थल कालोपत्रको काम थालेको हो ।
विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि यो विस्तारै बन्द हुँदै गएको थियो । बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा–बागलुङ सडक खुलेपछि रोकिएको प्रतिनिधिसभाका निवर्तमान सांसद सूर्य पाठकले बताउनुभयो । अब असारदेखि नियमित जहाज चलाउने गरी पहल भइरहेको पाठकको भनाइ छ ।
विसं २०७२ मा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाए पनि जहाज चल्न सकेको थिएन । दुई वर्षअघि बागलुङ नगरपालिकाले अपुग यात्रुको भाडा खर्च व्यहोर्ने सहमतिमा झण्डै हिउँदका छ महिना जहाज चलेको थियो । कच्ची धावनमार्गका कारण चिप्लो भएपछि वर्षात्मा उडान गर्न जोखिम भएपछि जहाज आउन मानेका थिएनन् भने हिउँदमा पनि मुसाले प्वाल पार्दा धावनमार्ग बिग्रेपछि कालोपत्र गर्न लागिएको हो ।
मैदानको सबै भाग एक किलोमिटर लामो छ । हाल ६२० मिटर लामो, २० मिटर चौडा कालोपत्र गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनःनिर्माण भएको छ । आपत्कालीन अवतरण गर्नुपरेमा ५४ सिट क्षमताका जहाज पनि पार्किङ गर्न सकिने कार्यक्रम व्यवस्थापक खड्काले जानकारी दिनुभयो । विमानस्थल नियमित सञ्चालनपछि साविक धवलागिरिका पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् भने यस क्षेत्रका आर्थिक तथा पर्यटन व्यवसायसमेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ