
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
गलकोट । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् ।
बगैँचा विस्तार र मलजल राम्रो गरे पनि आंैशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिनुभयो ।
गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ । “यो वर्ष थप बगैँचा विस्तार भएका कारण रु साढे दुईदेखि तीन करोडका सुन्तला बिक्री हुने अपेक्षा गरेका थियौँ”, कृषक खड्काले भन्नुभयो, “मौसम राम्रो नभएका कारण केही सुन्तला उत्पादनमा कमी आए पनि रु डेढ करोडभन्दा बढी रकम यस वर्ष पनि सिगानामा भित्रिनेछ ।”
सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइ नसकेको अर्का किसान रामबहादुर खड्का बताउनुहुन्छ । “डोके व्यापारी आएका छन्, गत वर्षजस्तो ठूला व्यापारी आइसकेको अवस्था छैन”, खड्काले भन्नुभयो, “१० टन सुन्तला शीतभण्डारमा राखिएको छ, अन्य सुन्तला बिक्री गर्न थालिएको छ ।” अहिले शीतभण्डारमा राखिएका सुन्तला चैतमा मात्रै महङ््गो मूल्यमा बिक्री वितरण गरिँदै आइएको छ । यहाँका सुन्ताला बोटबाटै समेत बिक्री हुँदै आएका छन् ।
सुन्तलाको पकेट क्षेत्रकारूपमा रहेको सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । वडा कार्यालयले सुन्तला उत्पादन भएअनुसार यस वर्ष डेढ करोडका सुन्तला बिक्री गर्ने आकलन गरेको छ । सिगानामा अहिले प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री भइरहेको छ । सिगानामा राम्रो फल लागिरहेका १५ हजार सुन्तलाका बोट छन् । जसमध्ये बढीमा एक बोटबाट रु २५ हजारदेखि रु पाँच हजारसम्मका सुन्तला उत्पादन हुन्छन् ।
बानपा–८ का वडाध्यक्ष राजन जिसीका अनुसार वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ । वितरण गरेको बिरुवाले अबको दुई वर्षदेखि उत्पादन दिन थाल्नेछन् । “वडा कार्यालयले दिएका बिरुवाको उत्पादन हुने समय भएको छैन, सामान्यतया सुन्तलाका बोटले उत्पादन दिन चार वर्ष लाग्छ”, अध्यक्ष जिसीले भन्नुभयो, “अहिले उत्पादन भइरहेका सुन्तला व्यक्तिगतरूपमै अग्रसरता लिएर किसानले आफैँले लगाएका हुन् ।” तीन वर्षपछि सिगानामा कम्तीमा रु पाँच करोडको सुन्तला निर्यात हुनेछ ।
वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ भने सुन्तला लगाउँदा गुमेको कृषि उपज बराबरको रकमसमेत बागलुङ नगरपालिकाले दिने गरेको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक रु एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् ।
उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन÷चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताउनुभयो । खड्काको बगैँचामा १०० सुन्तलाको बोट छन् । सिगानाका अधिकांश स्थानीय सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् । सुन्तलाबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्दै आउनुभएका किसान अनन्तबहादुर खड्काले यस वर्ष रु तीन लाखसम्मको सुन्तला बिक्री गर्ने आशा व्यक्त गर्नुहुन्छ । सिगानाका कृषकले सुन्तला बिक्रीबाटै अधिकतम रु पाँच लाखदेखि न्यूनतम रु ७० हजार कमाउँदै आएका छन् ।
सिगानामा सुन्तला भण्डारणको समेत व्यवस्था छ । यहाँ दुई वर्षअघि गण्डकी प्रदेश सरकारको रु ३० लाखको लागतमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माणसमेत गरिएको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुन्छ ।
सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तला खेतीका लागि सिगाना उर्वर भएका कारण यस वर्ष थप १० हजार सुन्तलाका बिरुवा रोप्नका लागि अनावश्यक रुख हटाउने काम गरिने बागलुङ नगरपालिकाले जनाएको छ ।
सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, दमेकलगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । अहिले सिगाना सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर बनिसकेको छ । सिगानाको उपल्लो भागमा चिया र तल्लो भागमा सुन्तला खेती विस्तार गर्ने बागलुङ नगरपालिकाको योजनाअनुसार अनुदानको कार्यक्रमसमेत निरन्तर गरिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ