
१अख्तियारको शंकास्पद भूमिका : फरार अभियुक्तलाई ‘सरकारी साक्षी’ बनाउँदैं गराइयो बकपत्र
२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
वासुदेव पौडेल
गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत शनिबार बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित शिवधुरी सामुदायिक घरवास र गलकोट नगरपालिका–११ स्थित रिघा सामुदायिक घरवासमा गरिएका अन्तरक्र्रियामा वक्ताले नेपालमा ग्रामीण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए । कोरोना कहरका कारण थलिएको पर्यटनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवद्र्धन र विकासमा जोड दिएको बताउनुभयो । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोली पुनःउत्थान एवं प्रवद्र्धन कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँको प्रवद्र्धनका माध्यमबाट आन्तरिक पर्यटनको विकास गर्न सकिने बताउनुभयो । पर्यटनमा बाटोको सहजता अपरिहार्य हुने बताउँदै उहाँले गाउँसम्म आउने बाटोलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटकीय सम्भावनाका आधारमा गाउँको प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले रमणीय गाउँहरूमा पर्यटनका धेरै सम्भावना रहेको भन्दै पूर्वाधार विकासलगायतमा स्थानीय जागरुकता अपरिहार्य हुने बताउनुभयो । स्थानीय जागरुकता भएमा बजेटको अभावमा पूर्वाधार नरोकिने उहाँको तर्क छ । शिवधुरी सामुदायिक घरवासका अध्यक्ष प्रेमबहादुर श्रीषले घरवास पर्यटनमा पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सुन्दर गाउँहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताउनुभयो ।
घरवासका सचिव प्रेमबहादुर पुन, उपाध्यक्ष ध्रुवबहादुर कँडेल, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमबहादुर विकलगायतले शिवधुरी र आसपासका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थललाई पर्यटनसँग जोड्न सकिने धेरै आधार रहेको उल्लेख गर्नुभयो ।
गन्तव्य वर्ष घोषणाले उत्साहित
रिघा सामुदायिक घरवासमा आयोजित अन्तक्र्रियामा जनप्रतिनिधि एवं घरवास सञ्चालकले रिघा सामुदायिक घरवासलाई भिटोफ गण्डकी प्रदेशद्वारा गन्तव्य वर्ष घोषणा गरिनुले यहाँको पर्यटकीय विकासमा उत्साह थपेको बताए ।
गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले भिटोफले रिघा समुदायिक घरवासलाई गन्तव्य वर्ष घोषणा गर्नुले यहाँका स्थानीयवासीलाई उत्साहित बनाएको बताउँदै कृषि र पर्यटनलाई सँगसँगै लैजाने उल्लेख गर्नुभयो । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीयवासीको आयआर्जन बढाउने सोच राखेर पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउने गरी स्थानीयवासी क्रियाशील बनेको उहाँले बताउनुभयो ।
गलकोट नगरपालिकाका प्रवक्ता खिमबहादुर भण्डारीले नगरपालिकाभित्र रिघासहित चार घरवास सञ्चालनमा आएको जानकारी दिँदै धेरै सम्भावना भएर पनि लुकेका पर्यटकीय गाउँको प्रवद्र्धन गर्न आवश्यक हुने बताउनुभयो । रिघा सामुदायिक घरवासका अध्यक्ष सुमन श्रीसले कोरोना महामारीसँगै सुस्ताएको घरवास पर्यटन विस्तारै पूर्ववत् अवस्थामा आउने विश्वास व्यक्त गर्नुभयो । गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्बर श्रीसले समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा रहेको रिघा हिमाली एवं पहाडी दृश्यावलोकनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्नुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव