
१न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
२आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
३पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
४डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
५लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
८‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
९पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१०देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
११जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
कावासोती । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क सङ्कलन एकाइको शनिबार उद्घाटन कार्यक्रममा अध्यक्ष ज्ञवालीले पहिलो चरणमा भूमिहीन, सुकुम्बासीलाई चैतबाट जमिनको लाजपुर्जा वितरण गर्ने गरी काम अगाडि बढेको बताउनुभयो । पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्याङ्क सङ्कलन, जग्गाको नापजाँच गरिसक्ने र चैतबाट पुर्जा वितरण गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः अगाडि बढाउँदै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पुर्जा वितरणको काम थालनी गर्ने योजना रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै विगतमा बनेका आयोगजस्तो समस्या नआउने उहाँले बताउनुभयो । आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै आयोग पुर्जा वितरणको काममा सफल हुने बताउनुभयो । “आयोग असफल हुने कुरै छैन, यसले काम गर्छ, वर्षौँदेखि भूमिहीन भएर बसेकाको टाउकोमा बञ्चरो हान्ने काम हुँदैन”, अध्यक्ष ज्ञवालीले भन्नुभयो, “आयोगलाई असफल हुने दिने छैन, यसका लागि कसैले बाधा पार्नु हुँदैन ।”
वन ऐनसँग बाझिएको भन्ने कुरा आएको भए पनि भूमि ऐन पछिल्लो भएकाले पछिल्लो ऐनलाई आधार मानी काम अगाडि बढाइने उहाँले बताउनुभयो । वन ऐनमा अप्ठ्यारो पार्ने, बाझिने केही विषय भए अहिलेको परिस्थितिअनुसार संशोधन गरेर व्यावहारिक बनाउँदै अगाडि बढ्नुपर्नेसमेत उहाँले बताउनुभयो । देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशमा कावासोती नगरपालिका र कास्कीको रुपा गाउँपालिकामा सबैभन्दा पहिला आयोगले सम्झौता गरी काम शुरु गरेको हो । सम्झौतापश्चात कामलाई तीव्रता दिँदै गएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । सरकारले भूमिहीन, सुकुम्बासीलाई एकपटक जग्गाको मालिक बनाउन लागेको भन्दै यो कामलाई सम्पन्न गर्न नगरपालिका कटिबद्ध भएर लागेको नगरप्रमुख पुनले बताउनुभयो । “हामी भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काममा छौँ”, नगरप्रमुख पुनले भन्नुभयो, “आयोगसँगको समन्वयमा जतिसक्दो चाँडो पुर्जा दिने काम शुरु गर्नेछौँ ।”
कावासोती नगरपालिकाले आयोगसँगको सम्झौतापछि कामलाई तीव्रता दिएको छ । पुस ८ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई आउँदो माघ १३ गतेभित्र निवेदन पेश गर्न आह्वान गरिएको एकाइ प्रमुख पवन रुपाखेतीले जानकारी दिनुभयो ।
लगत सङ्कलनका लागि अहिले वडावडामा सङ्कलक खटाइएको छ । आयोगले तोकेको ढाँचाबमोजिम फारम भरेर सङ्कलकमार्फत वा वडामा स्वयं आफैँ उपस्थित भएर निवेदन पेश गर्नसमेत रुपाखेतीले आग्रह गर्नुभयो । एकाइले वडावडामा गएर लगत सङ्कलन गराउने, टोली परिचालन गर्ने, तथ्याङ्कलाई कम्प्युटरमा ‘इन्ट्री’ गर्ने, नापजाँच गराउने, कुनै समस्या आएमा सहजीकरणसमक्ष पेश गर्नेलगायतका काम गर्ने रुपाखेतीले बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ