
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको जनाइएको छ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा एक बेँसीशहर नगरपालिका वडा नं. ११ चिती स्याउतका किसान भगवती पन्त हुनुहुन्थ्यो । उहाँ सुन्तला बिक्रीबाट वार्षिक रु ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्थ्यो । परिवारसमेत सुन्तलाबाट आएको आम्दानीले राम्रै चल्ने गरेको थियो । अचानक केही वर्षदेखि भने सुन्तला बगैँचामा कीरा लाग्ने र बोट सुक्दै जाने भएकाले कम फल्दै आएको छ । यस वर्ष त मुश्किलले रु दुई लाख मात्रै आम्दानी गरिएको उहाँले बताउनुभयो । उहाँका केवल एउटा प्रतिनिधि मात्र मात्रै हुनुहुन्छ । उहाँ जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या उस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका कारण आम्दानी घटेकामा निराश तथा चिन्तित बनेका छन् ।
लटरम्मै फल दिँदै राम्रो आम्दानीको स्रोत बन्दै आएको ती सुन्तलाका बोटले फल दिन नसक्दा साविक जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादनमा कम हुँदै गएको छ । स्याउतका किसानले वर्षेनी करीब रु दुई करोड आम्दानी गर्ने गरे पनि सुन्तलामा आएको विविध समस्याका कारण ६ वर्षदेखि भने रु १४/१५ लाख मात्र आम्दानी हुने गरेको किसानको भनाइ छ । विगतमा यहाँका सुन्तला राम्रो हुँदा व्यापारीले बोटमै आएर लैजाने गर्थे । त्यस्तै विगत वर्षमा जिल्लाकै राम्रो उत्पादन तथा आम्दानी गर्ने बगैँचाका रुपमा चिनिँदै आएका कुन्छा, भोर्लेटार, चिती, दुराडाँडा, राइनास, गाउँशहर, भोजे, उदिपुर क्षेत्रलगायत ठाउँमा समेत उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, जिल्लाबाटै सुन्तला खेती नै मासिने अवस्थामा पुगिसकेको छ । पुराना तथा रोगी बगैँचा नाश गर्दै एक हजार मिटरभन्दा माथि लगाइएका नयाँ सुन्तलाको बिरुवा ल्याएर व्यवस्थापन राम्रो गर्न सकेमा पहिलाकै लयमा जिल्लाका सुन्तला उत्पादन फर्किन सक्ने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार यस वर्ष ३०२ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ४७१ मेट्रिक टन सुन्तला उत्पादनमा कमी आएको छ ।
गत वर्ष जिल्लामा २८५ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ८९५ मेट्रिक टन उत्पादन भएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷२०७५ मा ४९३ क्षेक्रफलबाट तीन हजार ९९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३÷२०७४ मा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा छ ।
जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत शहरमा राम्रो खपत हुने गरे पनि उत्पादनमा कमी हुँदा किसान निराश भएका छन् । लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिए पनि पाँच सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा सुन्तला उत्पादनमा कमी हुँदा वर्षेनी बाहिरी जिल्लाबाट खपत गर्न उपभोक्ता तथा स्थानीयवासी बाध्य छन् । यतिबेला जिल्लामा उत्पादन कम भएपछि बाहिरी जिल्लाबाट ल्याइएका सुन्तला प्रतिकिलो रु १५० देखि १८० सम्म तिरेर उपभोक्त्ताले खरीद गरिरहेका छन् । रासस
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित