
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
काठमाडौँ । डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो । त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो ।
यस वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा आफ्ना सदस्य राष्ट्रलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानबमोजिम राष्ट्रका ऐन–कानून अद्यावधिक गर्न र भ्रष्टाचारविरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ ।
हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेकाले यथाशीघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको अपिलमा जनाइएको छ । कोभिड–१९ नियन्त्रण कार्य थप सशक्त र समन्वयात्मक बनाउन, महामारीसम्बन्धी सामग्रीको खरिदमा पूर्ण पारदर्शिता अपनाउन, हुने र भइरहेको कार्यमा पर्याप्त अनुगमन र सुपरीवेक्षण गर्न, सरकारी सूचना एवं विवरणमा नागरिकको सहज पहुँच बढाउन तथा नागरिक अभियानकर्मी र पत्रकारको सुरक्षा गर्न पनि सरकारलाई अपिल गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताउनुभयो ।
विगत २५ वर्षदेखि भ्रष्टाचार न्यूनीकरण र सदाचार प्रवद्र्धनका लागि अनवरतरूपमा नागरिकस्तरबाट सक्रिय रहेको टिआई नेपालले यस दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय महासन्धिका प्रावधानबमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशीघ्र आवश्यक कदम चाल्न तथा कोभिड–१९ सम्बन्धी सरकारी काम थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकारलाई अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।
आम सचेत नागरिकलाई पनि महासन्धि कार्यान्वयन हुने वातावरण बनाउन सरकारलाई दवाब दिन, भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी सरकारको हो भन्ने कुरामा सचेत रहन, भ्रष्टाचार नियन्त्रणमा युवाको संलग्नता बढाउन, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रलाई भ्रष्टाचारबाट जोगाउन र भ्रष्टाचारलाई उजागर गर्न पनि टिआई नेपालले अपिल गरेको छ ।
दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध नागरिक सचेतना बढाउन, भ्रष्टाचार भनेको नियमित प्रक्रिया होइन भन्ने अवधारणा व्यक्ति र समाजमा अभिवृद्धि गर्न र जनचाहनाबमोजिम सुशासन कायम गर्न सरकार थप क्रियाशील रहोस् भनी टिआई नेपाल आग्रहसमेत गरेको छ । यसै अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज बौद्ध स्तूपअघि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित