
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
बझाङ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले बझाङको बुङ्गल नगरपालिकामा एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ ।
युनाईटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाजको समन्वयमा बुङ्गल नगरपालिकाद्वारा आयोजित उक्त तालीममा वडा नं १ देखि ११ सम्मका ११ महिलासहित ५४ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।
‘दरो घर, दिगो बस्ती’ भन्ने नाराका साथ डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालीम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । “हामीले घर निर्माण गर्ने डकर्मीलाई तालीम प्रदान गरी दक्ष बनाएका छौँ”, नगरपालिकाका प्रमुख धनबहादुर विष्टले भन्नुभयो, “तालीमप्राप्त डकर्मीले वडामा गएर अन्य डकर्मीसमेत उत्पादन गर्ने व्यवस्था नगरले मिलाउनेछ ।”
तालीम प्राप्त डकर्मी तथा सचेत घरधनीका कारण नगरभित्रका भौतिक संरचना भूकम्पीय जोखिममुक्त हुने नगरको अपेक्षा छ । नगरपालिकाले हालै घर नक्सापासमा समेत कडाइ गरेको छ । नगरभित्र घर बनाउँदा विशेषज्ञ इन्जिनीयरले तयार पारेको नक्सा र अनिवार्य माटो परीक्षण गरेर मात्र घर निर्माणका लागि आवश्यक अनुमति प्रदान गर्ने गरेको छ ।
नगरपालिकामा मापदण्डविपरीत घर निर्माण भइसकेका घरलाई समेत जरिवानाको दायरामा ल्याएको नगरप्रमुख विष्टले बताउनुभयो । नेपालमा परम्परागत शैलीदेखि आधुनिक शैलीमा घर निर्माण भइरहेकाले त्यस्ता घरलाई बलियो बनाउनका लागि गाउँदेखि शहरसम्म सचेतना जगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
मानिसले आफ्नो जीवनमा सबैभन्दा बढी भरोसा गर्ने आफ्नै घर निर्माणमा सचेत नबन्दा आफ्नै ज्यानसमेत जान सक्ने भएकाले सचेत भएर घर निर्माण गर्न लाग्नुपर्ने युएमएनका विपद् जोखिम न्यूनीकरण अधिकृत सुरेश परियारले बताउनुभयो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?