
१पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
३संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
४‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
५लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
६बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
७आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
८अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
९राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१०राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
११फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१२सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा १० जनाले स्वेच्छिक रुपमा रकम फिर्ता गरेका छन् । भूकम्पपीडित लाभग्राहीमध्ये सम्झौता गरी किस्ता लिएका उनीहरुले रकम फिर्ता गरेका हुन् ।
सरकारले स्वेच्छिक रकम फिर्ता गर्ने व्यवस्था गरेअनुरुप उनीहरुले भवन पुनर्निर्माण नगर्ने भएपछि उक्त रकम फिर्ता गरेका जनाइएको छ । नौ जनाले रु ५० हजारका दरले चार लाख ५० हजार र एक लाभग्राहीले तेस्रो किस्ता बापतको तीन लाख गरी कूल रु सात लाख ५० हजार फिर्ता गरेको कार्यालयले जनाएको छ ।
पहिलो किस्ता बापतको रकम लगेपछि एक हजार ३४३ लाभग्राहीले सम्झौता गर्नसमेत आएका थिएनन् । उनीहरुको खोजी शुरु गरिएको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो ।
छुटमा रहेका लाभग्राहीका लागि यही मङ्सिर मसान्तसम्म सम्झौता गर्नुपर्ने, अगामी पुस १५ गतेसम्म पहिलो किस्ता लिइसक्नुपर्ने, माघ १५ सम्म डिपिसी सम्पन्न गरेर लाभग्राहीले निवेदन दिनुपर्ने, वैशाख महिनाको मसान्तसम्म सबै काम सम्पन्न गरी निवेदन दिने र जेठ महिनामा भुक्तानी लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
उहाँले प्राविधिकलाई स्थानीय तहमा पठाएर प्रत्यक्ष लाभग्राहीले भेटेर भवन निर्माण गर्ने/नगर्ने, गर्ने भए कहिलेसम्म पुनर्निर्माण कार्य सम्पन्न गर्ने भनी कबुलियती नाम गराउने कार्य शुरु गरिएको बताउनुभयो ।
पुनर्निर्माण गर्न नसक्नाका कारणसहित कार्यालयले तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “जिल्लामा जोखिम वर्गका लाभग्राही ५४१ रहेका छन् ।”
नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम लिइसकेका छन् । अगामी कात्तिक मसान्तसम्म निजी आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत लाभग्राहीलाई तेस्रो किस्ता रकम निकासा गरिएको हो ।
जिल्लामा भूकम्पबाट क्षति भएका १५ हजार ९६३ लाभग्राहीमध्ये १४ हजार ६२० लाभग्राहीलाई पहिलो किस्ताको रकम निकासा गरिएको कार्यालयका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।
छुट हुन गएका लाभग्राहीमध्ये केही व्यक्ति कार्यालयमा आएर सम्झौता गर्न थालेका छन् । उहाँले भन्नुभयो, “पहिलो किस्ता लगेका एक हजार ३४३ मध्ये करीब ५० प्रतिशतले सम्झौता हुन सक्ने अनुमान गरिएको छ ।”
भूकम्पबाट जिल्लाको भानु नगरपालिकामा पूर्ण क्षति भएका चार हजार ५५१ र आंशिक क्षति २९४ गरी चार हजार ८४५, व्यासनगरपालिकामा पूर्ण क्षति दुई हजार ९३ र आंशिक ४४८ गरी दुई हजार ५४१, शुक्लागण्डकी नगरपालिकामा पूर्ण क्षति एक हजार ९५७ र आंशिक १२० गरी दुई हजार ७७, म्याग्दे गाउँपालिकामा पूर्ण क्षति एक हजार ३९२ र आंशिक ९७ गरी एक हजार ४८९ तथा भिमाद नगरपालिकामा पूर्ण क्षति एक हजार १४५ र आंशिक १८६ गरी एक हजार ३३१ घर क्षति भएका थिए ।
त्यसैगरी बन्दिपुर गाउँपालिकामा पूर्ण क्षति एक हजार २४ र आंशिक ९२ गरी एक हजार ११६, आँबुखैरेनी गाउँपालिकामा पूर्ण क्षति ७५२ र आंशिक १८९ गरी ९४१, देवघाट गाउँपालिकामा पूर्ण क्षति ६१९ र आंशिक ४२ गरी ६६१, ऋषिङ गाउँपालिकामा पूर्ण क्षति ५४५ र आंशिक ८७ तथा घिरिङगाउँपालिकामा पूर्ण क्षति ३१७ र आंशिक १३ गरी ३३० घर क्षति भएका थिए ।
आर्थिक वर्ष ०७५/७६ मा पहिलो किस्ता ३१७, दोस्रो किस्ता पाँच हजार २६५ र तेस्रो किस्ता पाँच हजार १३२ लाभग्राहीका रकम निकासा गरिएको छ । कार्यालयका अनुसार आव ०७६÷७७ मा पहिलो किस्ता ६१९, दोस्रो किस्ता एक हजार ४५४ र तेस्रो किस्ता दुई हजार २९३ जनालाई रकम निकासा गरिएको छ ।
त्यसैगरी आव ०७७/७८ मा पहिलो किस्ता ४०८, दोस्रो किस्ता ३४६ र तेस्रो किस्ता ७२२ जना लाभग्राहीले रकम बुझिसकेको कार्यालयले जनाएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म