
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
दमौली । पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो ।
दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेको ‘आउ है भुजिकोट’ को अडियो सार्वजनिक भएको छ । गीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन गीत सार्वजनिक गरिएको श्रेष्ठले बताउनुभयो । उक्त गीतमा गायिका अजुदा थापाले स्वर भर्नुभएको छ भने सन्तोष प्रधानले सङ्गीत दिनुभएको छ ।
प्रकृतिको सौन्दर्यमा छैन कुनै खोट
माया लाउने भए साइँला आऊ है भुजिकोट
उत्तर हेर्यो महानगर, सातै तालको शहर
दक्षिणतिर नागबेली शुक्ला नदी लहर
पात बजाई बोलाउँछ, लाँकुरीको बोट
माया लाउने भए साइँला आऊ है भुजिकोट
मुस्काउँछ हिमचुली, मगमगाउँछ बुंकी
फेवा, रूपा, बेगनासले हेर्छ लुकीलुकी
झुल्किदिन्छ एकैसाथ लेक, बेँसी, भोट
माया लाउने भए साइँला आऊ है भुजिकोट
बन्केवाको उकालीमा, दगामकी सानी
हुलका हुल देख्छु भन्छे भ्यूटावर जानी
सूर्योदय हेर्नलाई जाउँला स्थानथोक
माया लाउने भए साइँला आऊ है भुजिकोट
यस ठाउँबाट कास्की जिल्लामा रहेका सातवटै ताल अवलोकन गर्न सकिन्छ । यहाँ दृश्यावलोकन स्तम्भसमेत निर्माण भएको छ । साथै यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको समन्वयमा पर्यटक आकर्षित गर्ने उद्देश्यले उक्त ठाउँमा रु १३ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । स्तम्भ निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् । स्तम्भबाट रातको समयमा पोखरा, लेखनाथ र तनहुँकै खैरेनीटारलगायतका क्षेत्रमा झिलीमिली बत्ती बलेको हेर्न पनि पर्यटक आकर्षित हुने गरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । सूर्यास्त र सूर्योदयको दृश्यावलोकनका लागि पनि भुजिकोट प्रख्यात छ ।