
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो ।
स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार आज रोकिएको भए पनि कारोवार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ । आज ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोवारको प्रवृत्ति हेर्दा आज पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विशेष गरी सोल्टी होटल, ¥याडिसन (ओरन्टल )होटलको शेयर मूल्यमा वृद्धि भएको छ । ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ ।
ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३० करोड २२ लाख सात हजार ४६३ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुर्नबीमा कम्पनी रु २९ करोड ३० लाख ३३ हजार ७४१, हिमालयन डिस्टिलरी रु २८ करोड ९७ लाख सात हजार २७९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक रु १७ करोड २१ लख दुई हजार ७०५, एनआइसि एशिया बैंक रु १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभु बैंक रु १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रु १३ करोड ४४ लाख ७८ हजार ५२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोवारका आधारमा आज एचआइडिसिएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए । यस्तै, एनआइसि एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेशनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल