
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
डन न्यूज
पोखरा । युनाईटेड क्लवको नयाँ कार्य समिति सर्वसम्मतीले चयन भएको छ । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले राजु श्रेष्ठको समितीलाई चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर वानिया, सचिवमा दिनेश सुनार र सह–कोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्णकुमार श्रेष्ठ, विष्णुकुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली चयन भएका छन । अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवको पहिचानलाई अझै उचाईमा पु¥याउनुका साथै बाँकी कार्यहरुलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युनाईटेड क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद ब्यवस्थापन अन्तर्गत प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । सोही अनुरुप नयाँ कार्यसमिति अगाडि वढ्दै आफ्नो कार्यकालमा असाह्य जेहेन्दार विद्यार्थीहरुलाई क्लवले अध्ययन गराउने लक्ष्य रहेको जानकारी पनि दिनुभयो ।
क्लबको पहिचानका रुपमा रहेको पोखराको पचभैयामा निर्माणाधिन चिडियाघर र पार्कका विषयमा उत्पन्न भएको विवाद अदालतसम्म पुगेकोले यस विवादलाई सुल्झाउनु र बाँकी कार्यलाई सम्पन्न गर्नु यस कार्यसमितिको चूनौंती रहेको छ । त्यसो त पोखराको लेखनाथमा आफ्नै भवन निर्माणका लागि जग्गा समेत लिएको र यही समितीले भवन निर्माणको लागि पहलकदमी लिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठको भनाई थियो ।
यसैविच निवर्तमान अध्यक्ष लालकाजी गुरुङले आफ्नो कार्यकालमा विपद ब्यवस्थापन कोष स्थापना गरेको र आपद विपदमा परेकोलाई सहयोग गर्न क्लव सक्षम रहेको बताउनुभयो । क्लबका नवनिर्वाचित कोषाध्यक्ष सूर्य बाँनिया राजनीतिक र सामाजिक हिसाबले बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व भएको र क्लबका विवादित विषयहरुलाई टुङ्ग्याउन सहजीकरणको भूमिका निर्वाह गर्न सक्ने विश्वास कार्यसमितिले लिएको छ ।
त्यसैगरी क्लवले आफ्नो कार्यकालमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, वडा नम्बर १० र १२ लाई समेत सहयोग गरेको र हालै पोखरा २७ अर्चलेमा ५ रोपनी जग्गा खरिद गर्न समेत आफ्नो कार्यसमिति सफल भएको बताउनुभयो । हालै खरिद गरिएको क्लवको जग्गामा क्लवको उद्देश्य बमोजिम काम गर्न समेत आफु सदैव तयार रहेको र क्लवले लिएको उद्देश्यहरु शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र विपद ब्यवस्थापन संगै चिडियाखाना निर्माणमा नै क्लव लागी पर्ने उहाँको भनाई थियो ।
यसैबिच अधिवेशन पूर्व सम्पन्न साधारण सभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक वर्ष ०७६÷७७ को आर्थिक प्रतिवेदन र महासचिव शान्तबहादुर थापाले आर्थिक वर्ष ०७६÷७७ को कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन उपस्थित सम्पूर्ण सदस्यहरुले सर्वसम्मतले पास गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार