
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौं, १३ जेठ । कविता, निबन्ध र नियात्रा लेखनमा स्थापित साहित्यकार सुमन थापा ‘सङ्गम’को कविता कृति ‘अभ्युदय’ सार्बजनिक भएको छ। यसमा ५२ ओटा स्वादिला कविता सङ्ग्रहित छन्।
साहित्यरुपी चेतनाको मसाल बोकेर हिँडेकी प्रभावशाली स्रष्टा हुन्, सुमन। यिनका कविताले विकृति, विसङ्गती र विभेद विरुद्ध औंला ठड्याउँदै समतामूलक एवम् न्यायपूर्ण समाजका पक्षमा शंखघोष गर्दछन्।
जीवनको शास्वत सत्य ‘प्रेम’बाट कोही टाढिन सक्दैन। त्यसैले प्रेम, विरह र विछोड पनि यिनका विषयवस्तु हुन्। यिनले कविताकर्मसँगै आमसञ्चारका माध्यममा विचारप्रधान लेख, नियात्रा र समालोचना पनि लेख्दै आएकी छिन्। यसरी आफूलाई कुशल लेखकका रुपमा चिनाउन सफल भइसकिन्।
नेपालगञ्जको माटोमा जन्मेहुर्केर साढे दुई दशकदेखि साहित्य साधनामा समर्पित सङ्गमको पहिलो कृति हो, ‘माइतीघरको फूल’। त्यस्तै ११ जना कविको संयुक्त सङ्ग्रह ‘प्रेमको आदिम गीत’ दोस्रो कृति।
साहित्यको फूलबारीमा मुस्कुराईरहेकी सङ्गमको नयाँ कृति ‘अभ्युदय’ हालै काठमाडौंमा लोकार्पण गरियो। पुतलिसडकस्थित ग्रिनलिफ भेन्यूमा आयोजित समारोहमा उनको परिवारका चार पुस्ताले लोकार्पण गरेका हुन्। उनका ८४ वर्षीय पिता विष्णुवीर, छोरीहरु समीक्षा, प्रशंसा र कृशला, नातिनीहरु आरुन्या र आभ्याना तथा नाति आयांश केसीले एकसाथ कृति विमोचन गरे।
बिना तामझाम गरिएको कार्यक्रमको सुरुमा कवि सुमनले कृतिबारे जानकारी दिएकी दिइन्। त्यसपछि उनकी छोरी समीक्षाले पाहुनाको स्वागत गरिन्।
कार्यक्रममा कविहरू रमी प्रिया, विश्व सिग्देल, श्रीबाबु कार्की र प्रोल्लास सिन्धुलीयले अभ्युदयमा समावेश कविता वचन गरेका थिए। त्यस्तै साहित्यकार तथा समालोचक डा. शेखरकुमार श्रेष्ठले कृतिबारे टिप्पणी प्रस्तुत गरेका थिए।
उनका संस्मरणात्मक आलेखकहरू पनि पठनीय छन्। त्यसैले संस्मरणात्मक लेखहरूको सङ्गालो प्रकाशनको तयारीमा लाग्नु पर्ने देखिन्छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर