
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
पोखरा, १५ चैत : इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिने भएको छ ।
आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित भूमिगत थिएटर नाटकघरमा र अप्रिल १४ मा टोकियोको नाकानो जेरो हलमा नाटक मञ्चन गर्न लागिएको हो । नाटकमा नेपाली समाजको पीडा, सङ्घर्ष, विस्थापन, वर्गसङ्घर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण गरिएको छ ।
जीवनका विभिन्न क्षणहरूमा पात्रले भोगेका दुःख, विछोड, सपना, समाजको विभेद तथा निरन्तर आइरहने नियतिको खेललाई नाटकले सशक्त रूपमा प्रस्तुत गरेको छ । नाटकका प्रमुख कलाकार किरण चापागाईले अत्यन्त गहकिलो अभिनय प्रस्तुत गर्नुभएको छ ।
नेपाली रङ्गमञ्चका प्रतिभाशाली कलाकार चापागाईले युरोप, अमेरिका, क्यानडाजस्ता मुलुकमा नाट्यकला अध्ययन गर्नुभएको छ । उहाँले ‘अनुत्तर’ जस्ता नाटकमा एकल अभिनय प्रस्तुत गर्दै देश, जीवन र भविष्यसँग जुधिरहेका पात्रहरूको कथा उजागर गर्नुभएको छ ।
यसअघि ‘आतुरकाल’ नाटक पोखरा थिएटरमा सन् २०२१ को फेब्रुअरी २२ देखि ३२ सम्म तथा रसियन हाउस, काठमाडौँमा २०२३ सेप्टेम्बर ७ देखि ९ सम्म मञ्चन भएको थियो ।
प्रत्येक मञ्चनमा दर्शकहरूबाट प्रशंसा पाएको यस नाटकको मूल कथावस्तु एउटा वृद्ध (किरण चापागाई) पात्रको स्मृतिहरू वरिपरि घुमेको छ । जीवनका उत्तरार्धमा जब स्मृतिहरूले तड्पाउन थाल्छन्, तब उनले विगतको सम्झनामा बाँच्नुपर्ने बाध्यता महसुस गर्छन् । नाटकले बाल्यकालका सुखका क्षणदेखि पारिवारिक विछोड, सामाजिक विभेद, विस्थापन, सङ्घर्ष र अन्ततः वृद्धावस्थाको एक्लोपनलाई मार्मिक रूपमा उजागर गरेको छ ।
यसअघि जापानमा केदारनाथ पौडेल निर्देशित ‘भ्रुण’ नाटक मञ्चन गरिएको थियो । जापानमा हुने यो नयाँ प्रदर्शनसँगै नेपाली नाटकले अन्तरराष्ट्रिय मञ्चमा अझ गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ । यो नाटकले नेपाली प्रवासी दर्शकसहित जापानी रङ्गमञ्चप्रेमीलाई पनि लोभ्याउने विश्वास गरिएको छ ।
इन्द्रेणी थिएटर पोखरामा आधारित एक प्रतिष्ठित नाट्य संस्था हो, जसले नेपाली समाजका विविध पक्ष उजागर गर्ने मौलिक नाटकहरू मञ्चन गर्दै आएको छ । यस थिएटरको छैटौँ प्रस्तुति ‘सपना डिलक्स कोच’ हो, जसमा पोखराबाट काठमाडौँ जाने यात्रुवाहक बसमा हुने विभिन्न घटनाक्रमलाई समेटिएको छ ।
केदारनाथ पौडेल इन्द्रेणी थिएटरका अध्यक्ष तथा प्रतिष्ठित नाटककार हुनुहुन्छ । उहाँका अन्य नाटकहरूमा ‘घेरो’, ‘धनीरामको गोरु’, ‘आतुरकाल’, ‘भ्रुण’ र ‘बाटो’ रहेका छन् । यी नाटकहरूले नेपाली समाजका विविध विषयवस्तुलाई मञ्चमा उतारेका छन् ।