
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पोखरा, १५ चैत : इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिने भएको छ ।
आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित भूमिगत थिएटर नाटकघरमा र अप्रिल १४ मा टोकियोको नाकानो जेरो हलमा नाटक मञ्चन गर्न लागिएको हो । नाटकमा नेपाली समाजको पीडा, सङ्घर्ष, विस्थापन, वर्गसङ्घर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण गरिएको छ ।
जीवनका विभिन्न क्षणहरूमा पात्रले भोगेका दुःख, विछोड, सपना, समाजको विभेद तथा निरन्तर आइरहने नियतिको खेललाई नाटकले सशक्त रूपमा प्रस्तुत गरेको छ । नाटकका प्रमुख कलाकार किरण चापागाईले अत्यन्त गहकिलो अभिनय प्रस्तुत गर्नुभएको छ ।
नेपाली रङ्गमञ्चका प्रतिभाशाली कलाकार चापागाईले युरोप, अमेरिका, क्यानडाजस्ता मुलुकमा नाट्यकला अध्ययन गर्नुभएको छ । उहाँले ‘अनुत्तर’ जस्ता नाटकमा एकल अभिनय प्रस्तुत गर्दै देश, जीवन र भविष्यसँग जुधिरहेका पात्रहरूको कथा उजागर गर्नुभएको छ ।
यसअघि ‘आतुरकाल’ नाटक पोखरा थिएटरमा सन् २०२१ को फेब्रुअरी २२ देखि ३२ सम्म तथा रसियन हाउस, काठमाडौँमा २०२३ सेप्टेम्बर ७ देखि ९ सम्म मञ्चन भएको थियो ।
प्रत्येक मञ्चनमा दर्शकहरूबाट प्रशंसा पाएको यस नाटकको मूल कथावस्तु एउटा वृद्ध (किरण चापागाई) पात्रको स्मृतिहरू वरिपरि घुमेको छ । जीवनका उत्तरार्धमा जब स्मृतिहरूले तड्पाउन थाल्छन्, तब उनले विगतको सम्झनामा बाँच्नुपर्ने बाध्यता महसुस गर्छन् । नाटकले बाल्यकालका सुखका क्षणदेखि पारिवारिक विछोड, सामाजिक विभेद, विस्थापन, सङ्घर्ष र अन्ततः वृद्धावस्थाको एक्लोपनलाई मार्मिक रूपमा उजागर गरेको छ ।
यसअघि जापानमा केदारनाथ पौडेल निर्देशित ‘भ्रुण’ नाटक मञ्चन गरिएको थियो । जापानमा हुने यो नयाँ प्रदर्शनसँगै नेपाली नाटकले अन्तरराष्ट्रिय मञ्चमा अझ गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ । यो नाटकले नेपाली प्रवासी दर्शकसहित जापानी रङ्गमञ्चप्रेमीलाई पनि लोभ्याउने विश्वास गरिएको छ ।
इन्द्रेणी थिएटर पोखरामा आधारित एक प्रतिष्ठित नाट्य संस्था हो, जसले नेपाली समाजका विविध पक्ष उजागर गर्ने मौलिक नाटकहरू मञ्चन गर्दै आएको छ । यस थिएटरको छैटौँ प्रस्तुति ‘सपना डिलक्स कोच’ हो, जसमा पोखराबाट काठमाडौँ जाने यात्रुवाहक बसमा हुने विभिन्न घटनाक्रमलाई समेटिएको छ ।
केदारनाथ पौडेल इन्द्रेणी थिएटरका अध्यक्ष तथा प्रतिष्ठित नाटककार हुनुहुन्छ । उहाँका अन्य नाटकहरूमा ‘घेरो’, ‘धनीरामको गोरु’, ‘आतुरकाल’, ‘भ्रुण’ र ‘बाटो’ रहेका छन् । यी नाटकहरूले नेपाली समाजका विविध विषयवस्तुलाई मञ्चमा उतारेका छन् ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने