
१प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
२गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
३जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
४गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
५केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
६सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
७तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
८ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
९एमालेका महेश बस्नेतको लज्जास्पद हार
१०पर्वतमा रास्वपाका सागर भुसाल विजयी
११तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
१२रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
दोधारा चाँदनी (कञ्चनपुर), ६ फागुनः पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थाल्नुभएको छ ।
घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिक्नुभयो ।
“दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भन्नुभयो, “दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।” उहाँले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताउनुभयो ।
“सुरुमा मजदुरी गर्थे दिनको रु पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफँै घर निर्माणको ठेक्का लिन थालेकी छु”, डगौराले भन्नुभयो, “अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक रु एक हजार आम्दानी हुन्छ ।” राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उहाँको भनाइ छ ।
“मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैँ मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ”, उहाँले भन्नुभयो, “मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन ।”
पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसक्नुभएको छ । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उहाँको भनाइ छ । “अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ”, उहाँले भन्नुभयो, “पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो ।”
दृढ इच्छा शक्ति धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ । “यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ”, उहाँले भन्नुभयो, “यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफैँ घर निर्माणको ठेक्का लिन थालेकी हुँ”, अहिले उहाँले अरु महिलालाई रोजगारी दिएको बताउनुभयो ।
निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ ।
परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरुको आश्वयकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताउनुभयो । “परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभाम्वित छन्”, उहाँले भन्नुभयो, “यस परियोजनाबाट न्यून आयस्तर भएका महिलाको जीविकोपार्जनमा सुधार आएको छ ।”
वेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिला आत्मनिर्भर बन्न सहयोग पुगेको बताउनुभयो । “न्यून आयस्तर भएका महिला र इच्छाशक्ति भएकाहरूलाई दातृ निकायको सहयोगमा हामीले आत्मनिर्भर बन्न सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय रहेर आत्मनिर्भर बनेका छन् ।” उहाँले व्यवसाय गर्ने महिलालाई तालिम मात्रै नभई आर्थिक रूपमा पनि सहयोग गरिरहेको बताउनुभयो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल