
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
लमजुङ, २४ माघ । लमजुङका आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । दरबन्दी अनुसार कार्यालय प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा जिल्लाका सरकारी कार्यालय सञ्चालन हुँदै आएका हुन् ।
लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक, जिल्ला निर्वाचन कार्यालय, पूर्वधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैँची जोन कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छन् । ती कार्यालयमा यहाँ चार वर्षदेखि निमित्त प्रमुखले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सरकारले दरबन्दी अनुसारका कर्मचारी पु¥याउन नसक्दा कार्यालय प्रमुख पद रिक्त हुँदै आएको स्थानीय बताउँछन् । दरबन्दी अनुसार सम्बन्धित कार्यालयमा कार्यालय प्रमुख पद खाली हुँदा कार्यसम्पादन र सेवा प्रवाहमा समस्या भइरहेको सेवाग्राही सुजन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालय प्रमुख बिना प्रभावकारी र सहज रूपमा सेवा प्रवाह हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी कम हुँदा कामको चाप पनि बढी हुन्छ ।”
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार जिल्ला मालपोत कार्यालयमा पूर्णबहादुर गुरुङ, जिल्ला हुलाक कार्यालयमा निर्मलादेवी शर्मा, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा हरिबहादुर मिजार, जिल्ला कारागारमा राधिका रेग्मी, जिल्ला निर्वाचन कार्यालयमा विजय विक, जलस्रोत तथा डिभिजन सिँचाइ डिभिजनमा विष्णुहरि अधिकारी, पूर्वाधार विकास कार्यालयमा विवेक सिग्देल र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा सुनिल न्यौपाने निमित्त प्रमुखले प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
स्वीकृत दरबन्दी संरचना अनुसार जनशक्ति पदपूर्ति हुन नसक्दा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख बनाउनुपर्ने बाध्यता रहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । सामान्यतया स्वीकृत दरबन्दी अनुसारको जनशक्ति आवश्यक हुने भन्दै उहाँले भन्नुभयो, “दरबन्दी अनुसारको प्रमुख वा जनशक्ति भएमा दैनिक सेवा प्रवाहमा सहजता ल्याउँछ ।”
निमित्त प्रमुखको भरमा कार्यालय सञ्चालन हुँदा प्रमुख भएको जस्तो प्रभावकारी नहुने र यसले जिल्लाको विकासमा पनि असर गर्ने सहायक प्रमुख गौतमले बताउनुभयो ।
मालपोत कार्यालका निमित्त प्रमुख पूर्णबहादुर गुरुङले कार्यालय प्रमुख नहुँदा कार्यालयबाट गर्नुपर्ने काम, नामसारी, घरजग्गा संशोधन, आर्थिक कारोबारलगायत काम रोकिएको र सामान्य काम मात्र भइरहेको बताउनुभयो । टाढाटाढाबाट आउने आएका सेवाग्राही समस्यामा पर्दै आएका उहाँको भनाइ छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी